कर्णालीको समाज सेवामा समर्पित समाजसेवी थापा « Khabarhub

कर्णालीको समाज सेवामा समर्पित समाजसेवी थापा

‘जो बालविवाहविरुद्ध जनचेतना फैलाउँदै राउटे समूदायको संरक्षण गर्दैछन्’



सुर्खेत : हरेक मान्छे सुखमय जीवनशैलीका लागि दिन रात दौडिरहन्छन् । व्यक्तिगत होस् वा पारिवारिक । समाजमा त्यस्ता मानिसहर पनि भेटिन्छन् । जो समाजका लागि दौडिन्छन् । जो समाज र देशका लागि दौडन्छन्, उनै मान्छे महान हुन् । समाजका लागि दौड्नेमध्येका एक व्यक्ति हुन्, हिरासिंह थापा ।

२०२८ सालमा दैलेखको भैरवी गाउँपालिका जन्मेका थापा महिला जागरण, बाल अधिकारको क्षेत्रमा अनवरत रुपमा समर्पित छन् । उनी पेशाले इन्जिनियर हुन् । तर बालविवाह, बहुविवाह, जातीय विभेद न्यूनिकरण, तथा गरिबी उन्मूलनमा उत्तिकै चिन्तनशील व्यक्तित्व मात्रै होइनन्, निरन्तर यसको सुधार तथा जनचेतना अभिवृद्धिमा लागिरहने व्यक्तित्व हुन् ।

दैलेख जिल्लामा रहेर बालअधिकार तथा सामाजिक कुरीति र कुसंस्कारविरुद्ध अभियान चलाउँदै जनचेतना जगाउदै विभेदरहित समाज निर्माणको अभियानमा उनी अनवरत रुपमा खटिएका छन् । २०५४ सालमा दैलेखमा स्थापित सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखको संस्थापक अध्यक्ष भएर निरन्तर समाज रूपान्तरणको काममा पनि उनी लागेका छन् ।

नेपाली समाज रूपान्तरण गरेकोमा सन् २०१८ मा उनी अन्तर्राष्ट्रिय एनपीस अवार्डबाट सम्मानित भएका थिए । एसियाली मुलुकमा महिला, शान्ति र सुरक्षामा काम गर्ने राष्ट्र संघीय एनपीस नेटवर्कको अवार्डमा उनी छनोट भएर सम्मानित भएका थिए ।

साउथ एसिया प्यासिफिक क्षेत्रका देशबाट छानिने उनी एक जना छनोट हुने ‘क्याम्पेनिङ फर एक्सन म्यान’ विधामा सम्मानित भएका हुन् । एनपीस अवार्ड मात्र नभएर सामाजिक क्षेत्रमा खेलेको भूमिकाको मूल्यांकन गर्दै उनले थुप्रै सम्मान पाइसकेका छन् ।

बालबालिकाको हकहित र संरक्षण गरेको भन्दै उनलाई राष्ट्रिय बालदिवस २०७४ को अवसरमा केन्द्रिय बालकल्याण समितिले सम्मान तथा पुरस्कृत गरेको थियो । त्यस्तै शिक्षा क्षेत्रमा काम गरेको भन्दै २०६५ सालमा शिक्षा मन्त्रालयबाट पनि उनी सम्मानित भएका थिए ।

कर्णालीका विभिन्न विकृति, विसंगति, रुढीवादी परम्परा हटाउन उनी एकपछि अर्को गरि लागिपरेका छन् । छाउपडी, बालविवाह र महिला हिंसाविरुद्ध दैलेखका सामाजिक अभियन्ता तथा एनपीस अवार्ड विजेता हिरासिंह थापाको प्रयास निरन्तर अघि बढिरहेको छ ।

पछिल्लो समय उनी राउटे समुदायको वृद्धि, विकास र संरक्षणका लागि काम गरिरहेका छन् । दैलेख तथा सल्यानमा रहेका राउटे समुदायमै पुगेर उनले काम गरिरहँदा उनीहरूको संरक्षण र नजिकको गतिविधि नियाल्दै आइरहेका छन् ।

राउटे समुदायको जीवनयापन सहज बनाउनका लागि उनले सुरुदेखि नै स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग पनि मिलेर काम गरिरहेका छन् ।

लोपोन्मुख आदिवासी राउटे समुदाय अहिले कर्णाली प्रदेशमा मात्रै छन् । कर्णाली प्रदेशमा रहेका राउटे समुदाय उनीहरूको आन्तरिक सोच र जीवनशैलीका कारण संकटमा रहेको भन्दै उनीहरूको संरक्षणमा तत्कालै कदम चाल्नुपर्नेमा पनि उनले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  २ : २० बजे

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको