कर्णालीको समाज सेवामा समर्पित समाजसेवी थापा « Khabarhub

कर्णालीको समाज सेवामा समर्पित समाजसेवी थापा

‘जो बालविवाहविरुद्ध जनचेतना फैलाउँदै राउटे समूदायको संरक्षण गर्दैछन्’



सुर्खेत : हरेक मान्छे सुखमय जीवनशैलीका लागि दिन रात दौडिरहन्छन् । व्यक्तिगत होस् वा पारिवारिक । समाजमा त्यस्ता मानिसहर पनि भेटिन्छन् । जो समाजका लागि दौडिन्छन् । जो समाज र देशका लागि दौडन्छन्, उनै मान्छे महान हुन् । समाजका लागि दौड्नेमध्येका एक व्यक्ति हुन्, हिरासिंह थापा ।

२०२८ सालमा दैलेखको भैरवी गाउँपालिका जन्मेका थापा महिला जागरण, बाल अधिकारको क्षेत्रमा अनवरत रुपमा समर्पित छन् । उनी पेशाले इन्जिनियर हुन् । तर बालविवाह, बहुविवाह, जातीय विभेद न्यूनिकरण, तथा गरिबी उन्मूलनमा उत्तिकै चिन्तनशील व्यक्तित्व मात्रै होइनन्, निरन्तर यसको सुधार तथा जनचेतना अभिवृद्धिमा लागिरहने व्यक्तित्व हुन् ।

दैलेख जिल्लामा रहेर बालअधिकार तथा सामाजिक कुरीति र कुसंस्कारविरुद्ध अभियान चलाउँदै जनचेतना जगाउदै विभेदरहित समाज निर्माणको अभियानमा उनी अनवरत रुपमा खटिएका छन् । २०५४ सालमा दैलेखमा स्थापित सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखको संस्थापक अध्यक्ष भएर निरन्तर समाज रूपान्तरणको काममा पनि उनी लागेका छन् ।

नेपाली समाज रूपान्तरण गरेकोमा सन् २०१८ मा उनी अन्तर्राष्ट्रिय एनपीस अवार्डबाट सम्मानित भएका थिए । एसियाली मुलुकमा महिला, शान्ति र सुरक्षामा काम गर्ने राष्ट्र संघीय एनपीस नेटवर्कको अवार्डमा उनी छनोट भएर सम्मानित भएका थिए ।

साउथ एसिया प्यासिफिक क्षेत्रका देशबाट छानिने उनी एक जना छनोट हुने ‘क्याम्पेनिङ फर एक्सन म्यान’ विधामा सम्मानित भएका हुन् । एनपीस अवार्ड मात्र नभएर सामाजिक क्षेत्रमा खेलेको भूमिकाको मूल्यांकन गर्दै उनले थुप्रै सम्मान पाइसकेका छन् ।

बालबालिकाको हकहित र संरक्षण गरेको भन्दै उनलाई राष्ट्रिय बालदिवस २०७४ को अवसरमा केन्द्रिय बालकल्याण समितिले सम्मान तथा पुरस्कृत गरेको थियो । त्यस्तै शिक्षा क्षेत्रमा काम गरेको भन्दै २०६५ सालमा शिक्षा मन्त्रालयबाट पनि उनी सम्मानित भएका थिए ।

कर्णालीका विभिन्न विकृति, विसंगति, रुढीवादी परम्परा हटाउन उनी एकपछि अर्को गरि लागिपरेका छन् । छाउपडी, बालविवाह र महिला हिंसाविरुद्ध दैलेखका सामाजिक अभियन्ता तथा एनपीस अवार्ड विजेता हिरासिंह थापाको प्रयास निरन्तर अघि बढिरहेको छ ।

पछिल्लो समय उनी राउटे समुदायको वृद्धि, विकास र संरक्षणका लागि काम गरिरहेका छन् । दैलेख तथा सल्यानमा रहेका राउटे समुदायमै पुगेर उनले काम गरिरहँदा उनीहरूको संरक्षण र नजिकको गतिविधि नियाल्दै आइरहेका छन् ।

राउटे समुदायको जीवनयापन सहज बनाउनका लागि उनले सुरुदेखि नै स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग पनि मिलेर काम गरिरहेका छन् ।

लोपोन्मुख आदिवासी राउटे समुदाय अहिले कर्णाली प्रदेशमा मात्रै छन् । कर्णाली प्रदेशमा रहेका राउटे समुदाय उनीहरूको आन्तरिक सोच र जीवनशैलीका कारण संकटमा रहेको भन्दै उनीहरूको संरक्षणमा तत्कालै कदम चाल्नुपर्नेमा पनि उनले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  २ : २० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको