कुलमान घिसिङको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य श्रेष्ठले दिइन् राजीनामा « Khabarhub

कुलमान घिसिङको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य श्रेष्ठले दिइन् राजीनामा


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आजदेखि पार्टीको केन्द्रीय सदस्य पद त्यागेको स्पष्ट पारेकी हुन्।

श्रेष्ठले लेखेकी छन्, म आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु । अरु अभियन्ता साथीहरू के गर्नुहुन्छ ? मेरो नैतिकताले दिएन ।’

हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भएका घटनाले आफूलाई गम्भीर रूपमा स्पर्श गरेको र पीडितको पक्षमा उभिनुलाई आफूले नैतिक कर्तव्य ठानेकाले राजीनामा दिने निर्णय गरेको उनको उनको भनाइ छ ।

हेटौँडाको मुख्य सडक विस्तारका लागि आज बिहानदेखि सडक सीमाभित्रका भौतिक संरचनाहरू भत्काउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि जेसीबी प्रयोग गरेर हेटौँडाको मुख्य बजार क्षेत्रको २५/२५ गज विस्तारका लागि भौतिक संरचना भत्काइएको हो ।

उनले अन्य अभियन्ता तथा सहकर्मीहरूलाई समेत वर्तमान परिस्थितिमा के गर्ने भन्नेबारे गम्भीर भएर सोच्न आग्रह गरेकी छन् ।

 उनले थपेकी छन, ‘नैतिकता छ म मा त्यसैले राजीनामा । बुझ्न अनुरोध गरे । मरेका मान्छे बोल्दैनन् म जिउँदै छु ।’

श्रेष्ठको यो कदमसँगै पार्टीभित्र यसले के प्रभाव पार्ला भन्नेबारे टिप्पणीहरू सुरु भएका छन्। श्रेष्ठको राजीनामा उज्यालो नेपाल पार्टीका लागि चुनौतीका रूपमा पनि हेरिएको छ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  १ : ११ बजे

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम