समानुपातिकमा किन र कसरी परे भन्ने बहस बेकार हो : पूर्वमन्त्री बास्कोटा « Khabarhub

समानुपातिकमा किन र कसरी परे भन्ने बहस बेकार हो : पूर्वमन्त्री बास्कोटा


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस बेकारको भएको बताएका छन् ।

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पार्टी भित्र समानुपातिक सूचिलाई लिएर विवाद चलिरहेका बेला उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो प्रतिक्रिया जनाएका हुन् ।

‘समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस गर्नु बेकार हो,’ नेता बास्कोटाले भनेका छन्, ‘यसको मर्म समावेशिता हो । कमवेसी अपवाद, मूल रूपमा यो डाडुपन्यु टीमको इच्छावेशीता हो ।’

उनले समयमै अपारदर्शी प्रणालीको विकल्प खोज्न आग्रह समेत गरेका छन् ।

‘समयमै पार्टीहरुले ३३ प्रतिशत सोझै महिला उम्मेदवार उठाऊ वा अपारदर्शी प्रणालीको विकल्प खोज । हैन भने भैँसीका अघि विरही भाकामा वीन नबजाऊ, मित्र जन!,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १० : ४१ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको