चाडपर्वलक्षित १२ सय ४८ प्रहरी परिचालन हुने | Khabarhub Khabarhub

चाडपर्वलक्षित १२ सय ४८ प्रहरी परिचालन हुने


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भैरहवा– प्रहरीले कपिलवस्तुमा दशैँ तिहार र छठलाई लक्षित गरेर प्रहरीले सुरक्षा योजना बनाएर काम अगाडि बढाएको छ । चाडपर्वका बेला आपराधिक क्रियाकलापको सम्भावनालाई मध्यनजर गर्दै नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना बनाएको हो । 

सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा दुर्घटना रोक्न प्रहरीको उपस्थिति र सूचना संकलनको कामलाई प्रभावकारी बनाउन १२ सय ४८ जना प्रहरी परिचालनसहितको सुरक्षा रणनिति बनाइएको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । ‘शान्ति सुरक्षालगायत ट्राफिक व्यवस्थापनकै लागि जिल्लामा थप ५० प्रहरी ल्याई भएको जनशक्तिको अधिकतम प्रयोग गर्ने गरी योजना बनाएका छौ । चाडबाडमा नागरिक सुत्दा पनि प्रहरी जागेको हुन्छ,’ उनले भने । 

सामान्य अवस्थामा भन्दा अहिले सुरक्षाकर्मी २० प्रतिशतले बढाइएको छ । अवैध गतिविधि गर्नेहरूलाई अन द स्पट कारबाही गर्नेगरी प्रहरी चौबीसै घन्टा आमनागरिकको सुरक्षामा खट्ने छ । सन्देशमूलक सचेतनाका कार्यक्रम पनि भीडभाड हुने ठाउँ र सीमा क्षेत्र राखिने छ । आर्थिक कारोबार बढी हुने सुनचाँदी पसल, बैंक तथा वित्तीय संस्थामाथि सुरक्षा निगरानी वृद्धि गर्ने, स्वदेश फर्कने नेपालीमाथि सीमा नाकामा हुनसक्ने हैरानी, लुटपाटलाई मध्यनजर राखी सुरक्षा सतर्कता बढाउने र नेपाल फर्कन सहजीकरण गर्ने, आवश्यकताअनुसार मुख्य राजमार्गमा रातको समयमा गस्ती र चेकिङ गर्ने कार्य हुनेछ ।

जिल्लामा यात्रुहरू सहजताका लागि सहजीकरण गर्न बेलहिया, भैरहवा र बुटवल बसपार्कमा यात्रु सहायता कक्ष बिहीबारबाट स्थापना भइसकेको छ । ‘बेलहियामा पार्किङलाई व्यवस्थित गरेका छौ, परदेशबाट आ-आफ्नो घर फर्कने क्रममा सीमा क्षेत्रमा ठगिने, लुटपाट हुने, हैरानी खेप्नुपर्ने, जस्ता काम नहोस् भन्न स्निग्ध ठानिएमा सादा पोशाकका प्रहरी पनि तैनाथ गरिएको छ,’ रूपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले भने । 

बजार अनुगमन गरी कालोबजारी हु्न र कृत्रिम अभाव हुन नदिन र विभिन्न मठमन्दिर, पूजाअर्चना गर्ने स्थान, दुर्गाको मूर्तिहरू ल्याउने र विसर्जन गर्ने समस्यामा सुरक्षा व्यवस्था मिलाउने, सीमा क्षेत्रमा हुने लुटपाट, चोरी-डकैतीलगायतका घटना हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय प्रहरी, एसएसबी, संचारकर्मी, उद्योगी-व्यवसायी, स्थानीय, भारतीय व्यापार मण्डलसमेतसँग समन्वय गरी सुरक्षा प्रबन्ध चुस्त बनाउन कार्यालय प्रमुखसहितको टोली सुरक्षार्थ खटिने अर्यालले बताए ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १२ : १७ बजे

क्यानडा फुटबलको प्रगति : अर्जेन्टिनासँग सेमिफाइनल भिडन्त

युवा टोली रहेको क्यानडा जीसेमार्सको प्रशिक्षणमा कोपा अमेरिका कप फुटबल

किसानलाई हल गोरु वितरण

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण

वर्षाले कञ्चनपुरको जनजीवन प्रभावित, एक शिशुको मृत्यु

कञ्चनपुर– लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको जनजीवन प्रभावित भएको छ

 पुरानै शैलीमा पुनर्निर्माण हुँदै लमजुङ दरबार

गण्डकी–  चौबीसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माण भइरहेको छ ।

एम्बुलेन्स चालकको दुखेसो : साइरन बजाउँदा पनि बाटो छोड्दैनन

काठमाडौं – सिन्धुपाल्चोक स्थाई घर भई हाल जोरपाटी माकलवारी बस्ने