देशले असफल नीति, मार्गचित्र र नेतृत्वको निरन्तरता थेग्दैन: लिङ्देन « Khabarhub

देशले असफल नीति, मार्गचित्र र नेतृत्वको निरन्तरता थेग्दैन: लिङ्देन


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दशैँको शुभकामना दिँदै राजेन्द्र लिङ्देनले देशले असफल नीति, मार्गचित्र र नेतृत्वको निरन्तरता थेग्न नसक्ने बताएका छन् । 

दशैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै उनले आगामी निर्वाचनबाट देशलाई असफल नीति, असफल मार्गचित्र र असफल नेतृत्वको चक्रव्यूहबाट मुक्त गराउनुपर्ने बताएका छन् । 

‘निर्वाचन विगतका त्रुटि, कमीकमजोरी सच्याउने र नवीन नेपाल निर्माणको बाटो तय गर्ने अवसर पनि हो । देशलाई असफल नीति, असफल मार्गचित्र र असफल नेतृत्वको चक्रव्यूहबाट मुक्त गराउनैपर्छ,’ अध्यक्ष लिङ्देनले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् । 

 शुभकामना सन्देश :

आजबाट नवरात्र प्रारम्भ भएको छ, असत्यमाथि सत्यको विजयको रुपमा मनाइने उल्लासमय पर्व बडा दशैँको शुभअवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

हामी हाम्रा महत्त्वपूर्ण चाडपर्वसंगै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको माहौलमा प्रवेश गरिरहेका छौं । आगामी निर्वाचन केवल एउटा पार्टीको विजय वा पराजयसँग मात्रै सम्बन्धित छैन । यो निर्वाचन विगतका त्रुटि, कमीकमजोरी सच्याउने र नवीन नेपाल निर्माणको बाटो तय गर्ने अवसर पनि हो । देशलाई असफल नीति, असफल मार्गचित्र र असफल नेतृत्वको चक्रव्यूहबाट मुक्त गराउनैपर्छ । हामीले हाम्रा सुनौला डेढ दशक सुधारको आशा र अपेक्षामा गुजार्‍यौं, अब देश र जनताले अर्को एउटा खराब परिस्थितिको प्रतीक्षा गर्नुहुँदैन । जनता जनार्दन निर्णायक हुने निर्वाचनका माध्यमबाट शान्तिपूर्ण परिवर्तन र सकारात्मक रूपान्तरणको फराकिलो राजमार्ग निर्माण गर्नैपर्छ ।

देवी भवानीले सबैलाई शक्ति, सामर्थ्य र विवेक प्रदान गरून् । सबैमा बडा दशैँको शुभकामना, सबैको जय होस् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १२ : ४३ बजे

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा– उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका गोठाला भेँडाबाख्रा

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए नाम

काठमाडौं– काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुमबासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५०

सुकुम्वासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर

काठमाडौं– बागमती र त्यसका सहायक नदी किनारबाट हटाइएका सुकुम्वासीका लागि

सरकारलाई माधव नेपालको सुझाव- जनतालाई पीडा र यातना दिने गरी जनविरोधी काम नगरौँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सह–संयोजक माधव कुमार नेपालले वर्तमान सरकारले

नेपालको आरोप : वर्तमान सरकार जनविरोधी, सुकुम्वासीमाथिको दमन स्वीकार्न सकिँदैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सह–संयोजक माधव कुमार नेपालले वर्तमान सरकारले