एमाले नेता यादवद्वारा पार्टी परित्यागको घोषणा « Khabarhub

एमाले नेता यादवद्वारा पार्टी परित्यागको घोषणा


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा एमालेका नेता गंगााराम यादवले पार्टी परित्यागको घोषणा गरेका छन् । सोमबार बिहान जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर नेता यादवले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

एमाले पार्टी वैचारिक र सैद्धान्तिक रुपमा विचलनमा परेकोले पार्टी परित्याग गरेको उनले बताए ।  एमालेकै कारण लाखौँ मधेशीका सन्तानलाई नागरिकता बञ्चित हुन पुगेको बताउँदै नेता यादवले भने, ‘आफ्नै देशमा नागरिकलाई नागरिकबाट बञ्चित गर्ने पार्टीमा बसिरहने मेरो नैतिकता साथ दिएन र पार्टी परित्याग गरेको छु ।’ 

उनी कुन पार्टी जाने विषयमा अहिले खोल्न चाहेनन् । स्रोतका अनुसार उनी १२ असोजमा धनुषामा हुने पार्टी प्रवेश कार्यक्रममा विधिवत् रुपमा जसपामा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १ : ४८ बजे

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या

लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

ज्ञानेन्द्र शाहीको प्रश्न : नेपाली धर्म–संस्कृतिलाई मात्रै निशाना किन ?

काठमाडौँ– सांसद ज्ञानेन्द्र शाहीले नेपाली धर्म, संस्कार र संस्कृतिमाथि मात्रै

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल

रूपन्देही– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका