पहिरोपीडितलाई नगदसहित राहत वितरण « Khabarhub

पहिरोपीडितलाई नगदसहित राहत वितरण


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिका– २ बसारका पहिरोपीडितलाई गाउँपालिकाले राहत वितरण गरेको छ । अविरल वर्षासँगै आएको पहिरोले आइतबार घर भत्काएको झापुली नगारीको परिवारलाई गाउँपालिकाले ५० हजार नगदसहित कपडा, कम्बल, भाडाकुडा र खाद्यान्न दिएको हो ।

पहिरोले नगारीको घर भत्किँदा तीनवटा बाख्रा मर्नुका साथै घरभित्र रहेको सबै धनमाल नष्ट भएको थियो । पहिरो गएका बखत घरभित्र कोही नभएकाले मानवीय क्षति हुनबाट जोगिएको थियो । 

पीडित परिवारलाई तत्कालका लागि आवश्यक सामग्री र बास स्थान व्यवस्थापनका लागी रकम प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीले बताए ।   

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  २ : २४ बजे

आजको मौसम : तराईमा हुस्सु, पश्चिमी वायुको प्रभावले देशभर आंशिक बदली

काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज माघ २६ गते बिहीबारका

सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या: अन्तर्राष्ट्रिय सहायता नभएको गुनासो

काठमाडौं – अन्तर्राष्ट्रिय मानवीय सहायता नहुँदा भूकम्पमा परेर पुरिएकाहरूको उद्धारमा

बिहीबार कुन भगवान्‌को पूजा गर्ने ? (विधिसहित)

काठमाडौं – बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि

आज २०७९ साल माघ २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०७९ साल माघ २६ गते बिहीबार ।