पहिरोपीडितलाई नगदसहित राहत वितरण « Khabarhub

पहिरोपीडितलाई नगदसहित राहत वितरण


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिका– २ बसारका पहिरोपीडितलाई गाउँपालिकाले राहत वितरण गरेको छ । अविरल वर्षासँगै आएको पहिरोले आइतबार घर भत्काएको झापुली नगारीको परिवारलाई गाउँपालिकाले ५० हजार नगदसहित कपडा, कम्बल, भाडाकुडा र खाद्यान्न दिएको हो ।

पहिरोले नगारीको घर भत्किँदा तीनवटा बाख्रा मर्नुका साथै घरभित्र रहेको सबै धनमाल नष्ट भएको थियो । पहिरो गएका बखत घरभित्र कोही नभएकाले मानवीय क्षति हुनबाट जोगिएको थियो । 

पीडित परिवारलाई तत्कालका लागि आवश्यक सामग्री र बास स्थान व्यवस्थापनका लागी रकम प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीले बताए ।   

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  २ : २४ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका