तिब्बतबाट भेडा, च्याङ्ग्रा आयात नहुँदा खसीबोका महँगियो « Khabarhub

तिब्बतबाट भेडा, च्याङ्ग्रा आयात नहुँदा खसीबोका महँगियो


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ- दसैँ तिहारजस्ता चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा खसीबोकाको मूल्य महँगिएको छ । टिप्ताला नाका बन्दका कारण चीनबाट च्याङ्ग्रा आयात बन्द भएकाले सदरमुकाम फुङ्लिङमा खसीबोकाको मूल्य महँगिएको हो ।

दसैँको मौका छोपेर हाट बजारमा नियमित खरिद÷बिक्री हुने मूल्यको तुलनामा व्यवसायीले खसीबोकाको मूल्य एक्कासि बढाएका हुन् । चाडपर्वका समयमा मासुको खपत साथै माग पनि बढ्ने हुँदा खसीबोकाको मूल्य बढ्ने गरेको स्थानीयले बताएका छन् ।

उपभोक्ताका अनुसार हाट बजारमा रु १० हजार पर्ने एउटा खसीको मूल्य अहिले महँगिएर रु १४/१५ हजार मूल्य पुगेको छ । फुङ्लिङ बजारका स्थानीय डिल्ली पौडेलले निकै महँगो मूल्य तिरेर आफूलाई आवश्यक खसी खरिद गरेको बताए।

नियमित बजारमा १० किलोग्रामको खसीबोकालाई रु आठ हजार पर्ने गरेकामा चाडपर्वको समयमा भने रु १२ हजार भन्दा बढी परेको फुङ्लिङ नगरपालिका–७ का स्थानीय कमल भट्टराईले बताए। भट्टराईका अनुसार चाडपर्वको मौका छोपेर स्थानीय किसान तथा व्यवसायीले आफूखुसी खसीबोकाको मूल्य बढाउने गरेका छन् ।

यो मौसममा खसीबोकासँगै बाख्राका पाठापाठीको मूल्यसमेत महँगिएको उपभोक्ता बताउँछन्।प्रतिवटा रु तीन हजारसम्ममा पाइने पाठापाठी हाटमा रु पाँच हजारभन्दा बढीसम्म मूल्य तिर्नुपरेको उपभोक्ता (खरिदकर्ता) ले बताएका छन् ।

फुङ्लिङमा लाग्ने हाटबजारमा जिल्लाको निघुरादिन, फूलबारी र छिमेकी पाँचथर जिल्लाको अमरपुरलगायत क्षेत्रका स्थानीय व्यापारीले खसीबोका ल्याएर बिक्री गर्ने गर्दछन् ।

कोभिड महामारको तीन वर्षअघिदेखि नै चीनको स्वशासित क्षेत्र तिब्बतबाट भेडा, च्याङ्ग्रा आयात हुन छोडेकाले पनि खसीबोका महँगिएको उद्योग वाणिज्य सङ्घ ताप्लेजुङका उपाध्यक्ष पासाङ शेर्पाले बताउँछन्। आजभन्दा चार/पाँच वर्ष अघिसम्म चाडपर्वका समयमा टिपताला भञ्ज्याङ नाका हुँदै तिब्बतबाट भेडा, च्याङ्ग्रा आयात हुने गर्दथ्यो । तिब्बतबाट च्याङ्ग्रा आयात हुँदा यहाँ खसीबोका निक्कै सस्तो मूल्यमा खरिद बिक्री हुने गरेको शेर्पाले बताए।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ३ : ०८ बजे

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं– विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको

काभ्रेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु

काठमाडौं- काभ्रेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ

पहिलोपटक ऊर्जा व्यापार उदारीकरणको नीति लिएका छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पहिलो पटक ऊर्जा

संविधान संशोधन कार्यदलको म्याद थप, रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारको निर्देशन

काठमाडौं- सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप

सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य जेखिममा

सिड्नी- अस्ट्रेलियामा गरेको एक दशक लामो अध्ययनले दैनिक दुई वा