थप ५३ जनामा कोरोना सङ्क्रमण « Khabarhub

थप ५३ जनामा कोरोना सङ्क्रमण


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको छ । अहिले दैनिक सयभन्दा कममा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा दुई हजार छ सय २४ परीक्षणमध्ये ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज ८४ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.७ प्रतिशत रहेको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ७८ जना पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ रहेको छ ।

यस्तै १४ जिल्लामा सङ्क्रमित सङ्ख्या शून्य छ । ताप्लेजुङ, तेह्रथुम, सिन्धुली, मनाङ, मुस्ताङ, म्याग्दी, हुम्ला, डोल्पा, कालिकोट, रुकुम पश्चिम, जाजरकोट, दैलेख, मुगु र दार्चुला छन् ।

यस्तै होम आइसोलेसनमा एक हजार एक सय ३०, संस्थागत आइसोलेसनमा ४८, सघन उपचार कक्ष (आइसियु)मा १० जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा कोरोना भाइरस विरुद्धको खोप कसैले पनि नलगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ३ : ४४ बजे

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,