लोप हुँदै चिउरी पेल्ने कोल | Khabarhub Khabarhub

लोप हुँदै चिउरी पेल्ने कोल


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

घोराही– दाङको घोराही उपमहानगरपालिका-१३ मौलाकोटका कृष्णबहादुर घर्तीमगरको कुनैबेला प्रमुख आम्दानीको स्रोत चिउरीको तेल पेल्ने थियो । जङ्गलमा फलेका चिउरीका फल संकलन गर्ने र त्यही फललाई पेलेर घ्यु निकालेर बेच्ने काम उनको परिवारको प्रमुख पेशा थियो । त्यही घ्यु बिक्री गरेर आएको पैसाले घर व्यवहार चलाउने गर्थे । 

पछिल्लो समय गाउँमै बजारबाट तेल र घ्यु पाउने भएपछि चिउरी बाट निकालेको घ्यु पाइन छाडेको छ । परम्परागतरुपमा पेलेर तेल निकाल्दा दुःख धेरै हुने र दुःखअनुसारको आम्दानी नहुने भएपछि काम छोड्दै गएको बताउँछन् । उनका अनुसार करिब १० वर्षअघिसम्म मौलाकोटवासीका लागि चिउरीको घ्यु पेल्ने काम प्रमुख आम्दानीको स्रोत थियो तर अहिले अधिकांशले छोडिसकेका छन् । 

मौलाकोटमा उत्पादन भएको चिउरीको घ्यु घोराही, तुलसीपुरलगायतका सहरमा बिक्री गरेर आएको पैसाले चाडपर्व मान्नेदेखि छोराछोरीलाई लत्ताकपडा किन्ने गरेको अनुभव सुनाउँछन् । जङ्गलमा फल्ने फल ल्याउन पैसा नलाग्ने भए पनि मेहनत धेरै लाग्ने भएका कारण पछिल्लो समय अधिकांश मानिसले चिउरीको फलबाट घ्यु निकाल्ने पेसा छोड्दै गएको मौलाकोटकै वीरबहादुर घर्तीमगरले बताए । स्वास्थ्यका लागि फाइदाजनक र उत्पादन भएको घ्यु बिक्रीमा समस्या नभए पनि चिउरी पेल्न वैकल्पिक माध्यम नहुँदा नयाँपुस्ताले ध्यान नदिएको उनी बताउँछन् । 

स्थानीयका अनुसार चिउरी चैतको अन्तिमतिर फूल खेल्न थाल्छ । चैत महिनामा फुलेर असारदेखि साउन महिनासम्म चिउरी पाक्ने गर्दछ । त्यसरी पाकेर खसेको फल टिप्ने, सफासँग धुने र सुकाउने गरिन्छ । चिउरीको दाना पेल्नका लागि तयार गर्न फललाई धुलो बनाउन ढिकीमा कुट्ने र नरम बनाउनका लागि आगोमा पकाउने गरिन्छ । आगोमा पकाएर नरम बनाएपछि त्यसलाई काठको कोलमा हालेर पेलेर घ्यु निकाल्ने गरिँदै आएको वीरबहादुर बताउँछन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ३ : १७ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान