दशैँ अफरसहित सिलिङ्क्स ट्राभल्सद्वारा ‘टिकटभण्डार डटकम’ सञ्चालन  | Khabarhub Khabarhub

दशैँ अफरसहित सिलिङ्क्स ट्राभल्सद्वारा ‘टिकटभण्डार डटकम’ सञ्चालन 


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डेढ दशकदेखि पर्यटन क्षेत्रमा काम गर्दै आएको सिलिङ्क्स ट्राभल्सले घटस्थापनाको अवसर पारेर आजबाट ‘टिकटभण्डार डट कम’ सञ्चालनमा ल्याएको छ । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमको आयोजना गरी सिलिङ्क्स ट्राभल्सले टिकटभण्डार डटको सुरुवात गरेको हो ।   

‘टिकटभण्डार डटकम’ सेवाग्राहीलाई सहजरूपमा हवाई टिकट उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको इन्टरनेट बुकिङ इन्जिन भएको सिलिङ्क्स ट्राभलले जनाएको छ । ‘घटस्थापनाको शुभ अवसरमा हाम्रो नयाँ इन्टरनेट बुकिङ इन्जिन टिकटभण्डार डट कम सुरु गर्न पाउँदा हामी धेरै उत्साहित र उत्तिकै खुसी छौं,’ टिकटभण्डार डट कमका प्रबन्ध निर्देशक राजु ढकालले भने, ‘विश्वको जुनसुकै कुनाबाट समय र पैसाको बचत हुनेगरि हवाई उडान छनौट गर्न हामी सेवाग्राहीलाई मद्दत गर्दछौं ।’

टिकटभण्डार डटकमको सुरुवातसँगै दशैँको अवसरमा सिलिङ्क्स ट्राभलले दुईवटा अफर घोषणा गरेको छ । यो दुवै अफर असोज १० गतेदेखि कात्तिक ९ गतेसम्म टिकटभण्डार डटकमबाट हवाई टिकट बुक गर्नेहरूको लागि मात्र लागू हुने जनाइएको छ ।  शैँ अफरअनुसार आन्तरिक उडानको टिकट बुक गर्नेलाई मूल्यमा १० प्रतिशत छुट दिइनेछ र उक्त अवधिमा टिकट खरिद गर्नेमध्ये एक जोडीलाई गोलाप्रथाद्वारा काठमाडौ-बैंकक दुईतर्फी निःशुल्क हवाइ टिकट उपलब्ध गरिनेछ । 

टिकटभण्डार डटकममा अनलाइन भुक्तानीको सुविधासमेत रहेको छ । टिकटभण्डार डट कमबाट विश्वको जुनसुकै स्थानमा यात्रा गर्न ५०० भन्दा बढी एयरलाइन्सको टिकट बुकिङ गर्ने सकिने सिलिङ्क्स ट्राभल्सले जनाएको छ । 

सिलिङ्क्स ट्राभल्ससँग रहेका १ हजार ५०० भन्दा बढी बिटुबी ग्राहक, १० लाखभन्दा बढी बिटुसी ग्राहक र आगामी दिनमा थपिने नयाँ ग्राहकले विश्वको जुनसुकै स्थानबाट जुनसुकै समयमा हवाइ टिकट अनलाइन बुक गर्न टिकटभण्डार डटकमबाट सक्नेछन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ५ : २३ बजे

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन

विधायन व्यवस्थापन र शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

अस्ट्रेलियासँग वेस्ट इन्डिज पराजित

काठमाडौं – अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा १५९ रनको जित

प्रतिनिधिसभा बैठक बस्दै, नागरिकता विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक