पर्यटकको रोजाईमा मनाङको फापर खेती « Khabarhub

पर्यटकको रोजाईमा मनाङको फापर खेती


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लमजुङ– समुद्री सतहदेखि करिब तीन हजार सात सय मिटर उचाइमा रहेको मनाङमा यतिबेला फापर खेतीले सबैको मन तानेको छ ।

तल्लो क्षेत्रको नासों- १, ताल क्षेत्रदेखि माथिल्लो मनाङ ङिस्याङ- ९, खाङसारसम्म फापरखेती फैलिएको देख्न सकिन्छ । स्थानीयले प्रायस जेठ अन्तिम साता र असारमा बीउ छर्ने गर्छन् भने भदौ महिनाभर फूल रहन्छ । त्यसपछि दाना लागेर असोज अन्तिम साता र कात्तिकमा काटेर थन्क्याउने गरिन्छ ।

मनाङको मनाङ ङिस्याङ, चामे, नासों गाउँपालिका साथै नार्पाभूमि गाउँपालिकाको माथिल्लो क्षेत्र नार र फू बस्तीबाहेक तल्लो क्षेत्रमा फापरखेती राम्रो हुने स्थानीय विनोद गुरुङले बताए । निस्याङ भ्यालीले चिनिएको माथिल्लो मनाङमा यसको खेती बढी हुने गरेको छ । 

अन्नपूर्ण पदमार्ग भएकाले यहाँका धेरैजनाले होटेल सञ्चालन गर्दै आएका छन् । पर्यटकले फापरको परिकार मात्रै नभएर फापरखेतीलाई पनि मन पराउने गरेका छन् । तराईमा तीतेफापर र हिमालमा मिथेफापरको खेती हुने गर्छ । मनाङको लोभलाग्दो फापरखेती हेर्न आन्तरिक र बाह्य पर्यटकहरू आउने गर्छन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ३ : ३५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग