बजार अनुगमन : वर्षभरि चुपचाप चाडबाडमा चहलपहल « Khabarhub

बजार अनुगमन : वर्षभरि चुपचाप चाडबाडमा चहलपहल


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मुगु-  मुगु सदरमुकाम गमगढी बजारमा प्रशासनले बजार अनुगमन थालेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुको आयोजनामा जिल्ला प्रशासन कार्यालय, छायाँनाथ–रारा नागरपालिका, जिल्ला प्रहरी कार्यालय, पशु  कार्यालय, नागरिक समाज तथा सञ्चारकर्मीलगायत निकायको संयुक्त सहभागितामा आइतबार र सोमबार विशेष चहलपहलका साथ बजार अनुगमन भएको छ ।

वर्षैभरि चुपचाप बस्ने यी निकाय चाडबाड लागेपछि बजार अनुगमनमा निस्किएपछि उपभोक्ता र व्यापारीहरूले भने व्यङ्ग्य गरेका छन् । तर, प्रशासनले भने दसैँ, तिहार, छठ जस्ता पर्वमा उपभोक्ता नठगिउन भनेर अनुगमन गरेको दाबी गरेको छ ।

अनुगमनका क्रममा लाखौँ मूल्य बराबरको म्याद सकिएको खाद्यान्न फेला परेका छन् । करिब एक दर्जनभन्दा बढी पसल अनुगमन गर्दा यी अखाद्य वस्तु बरामद गरेको हो । बरामद सामान नष्ट गरिएको छ । पेय पदार्थ, चकलेट, हर्लिक्स, मसला, बेसारलगायत वस्तुको म्याद सकिएको फेला परेको अनुगमन टोलीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर रोकाया, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका कार्यालय प्रमुख कृष्णबहादुर बोहोराको नेतृत्वमा गरिएको अनुगमन टोलीले यहाँका सानादेखि ठूला सबै पसलमा बेचिने दैनिक उपभोग्य वस्तुको ‘म्यान्युफ्याक्चर डेट’ र ‘एक्सपायर डेट’ जाँच  गरेको थियो ।

टोलीले यहाँका निजी औषधि पसलमा पनि अनुगमन गरेको थियो । साना तथा ठुला पसलमा म्याद नाघेका विभिन्न खाद्यान्न बरामद गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका कार्यालय प्रमुख कृष्णबहादुर बोहोराले बताए ।

नागरिक समाज मुगुका अध्यक्ष रूपबहादुर मल्लले सरोकारवाला निकायले अनुगमनमा तीन–तीन महिनामा गरिनुपर्ने बताए । अनुगमनमा बजारका करिब दुई दर्जन भन्दा बढी पसलमा अनुगमन गरिएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ४ : ०० बजे

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज