बजार अनुगमन : वर्षभरि चुपचाप चाडबाडमा चहलपहल « Khabarhub

बजार अनुगमन : वर्षभरि चुपचाप चाडबाडमा चहलपहल


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मुगु-  मुगु सदरमुकाम गमगढी बजारमा प्रशासनले बजार अनुगमन थालेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुको आयोजनामा जिल्ला प्रशासन कार्यालय, छायाँनाथ–रारा नागरपालिका, जिल्ला प्रहरी कार्यालय, पशु  कार्यालय, नागरिक समाज तथा सञ्चारकर्मीलगायत निकायको संयुक्त सहभागितामा आइतबार र सोमबार विशेष चहलपहलका साथ बजार अनुगमन भएको छ ।

वर्षैभरि चुपचाप बस्ने यी निकाय चाडबाड लागेपछि बजार अनुगमनमा निस्किएपछि उपभोक्ता र व्यापारीहरूले भने व्यङ्ग्य गरेका छन् । तर, प्रशासनले भने दसैँ, तिहार, छठ जस्ता पर्वमा उपभोक्ता नठगिउन भनेर अनुगमन गरेको दाबी गरेको छ ।

अनुगमनका क्रममा लाखौँ मूल्य बराबरको म्याद सकिएको खाद्यान्न फेला परेका छन् । करिब एक दर्जनभन्दा बढी पसल अनुगमन गर्दा यी अखाद्य वस्तु बरामद गरेको हो । बरामद सामान नष्ट गरिएको छ । पेय पदार्थ, चकलेट, हर्लिक्स, मसला, बेसारलगायत वस्तुको म्याद सकिएको फेला परेको अनुगमन टोलीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर रोकाया, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका कार्यालय प्रमुख कृष्णबहादुर बोहोराको नेतृत्वमा गरिएको अनुगमन टोलीले यहाँका सानादेखि ठूला सबै पसलमा बेचिने दैनिक उपभोग्य वस्तुको ‘म्यान्युफ्याक्चर डेट’ र ‘एक्सपायर डेट’ जाँच  गरेको थियो ।

टोलीले यहाँका निजी औषधि पसलमा पनि अनुगमन गरेको थियो । साना तथा ठुला पसलमा म्याद नाघेका विभिन्न खाद्यान्न बरामद गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका कार्यालय प्रमुख कृष्णबहादुर बोहोराले बताए ।

नागरिक समाज मुगुका अध्यक्ष रूपबहादुर मल्लले सरोकारवाला निकायले अनुगमनमा तीन–तीन महिनामा गरिनुपर्ने बताए । अनुगमनमा बजारका करिब दुई दर्जन भन्दा बढी पसलमा अनुगमन गरिएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ४ : ०० बजे

बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–५ मा घरदैलो कार्यक्रम

हिमपातपछि जुम्लामा जाडोले जनजीवन प्रभावित

जुम्ला– हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ

श्रम नगरी देश बन्दैन : हर्क साम्पाङ

दमौली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी

महिला टी–२० विश्वकप ग्लोबल छनोट : स्कटल्यान्डसँग पराजित हुँदै समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

लमजुङ– लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन