पर्यटकको पर्खाइमा गिडिदह « Khabarhub

पर्यटकको पर्खाइमा गिडिदह


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जुम्ला– आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको सम्भावना बोकेको जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित गिडिदह पर्यटकको पर्खाइमा रहेको छ । सो दहको प्रचारप्रसारदेखि पूर्वाधार निर्माणमा राज्यको नजर पुग्न नसकेको गुनासो गरिएको छ । गिडिदहको प्रचारप्रसारका लागि पहिलो पटक सरकारी टोली पुगेर फर्किएको छ ।

गिडिदहको वास्तविक अवस्था र पर्यटकीय प्रवर्द्धन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, इञ्जिनीयर, स्थानीयवासी तथा पत्रकारको टोली पुगेर फर्केको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइँले जानकारी दिए ।

गाउँपालिकाबाट चार दिन लगाएर उक्त दह पुगेको अध्यक्ष चौलागाईंले बताए । ‘सरकारी टोली र पत्रकार सहितको सहभागितामा गिडिदहमै सम्मेलन गरेका छौँ’, उनले भने । समुद्र सतहदेखि तीन हजार चार सय ८२ मिटर उचाइमा यो रहेको छ । तालको हालसम्म लम्बाइ, चौडाइ र गहिराईसमेत नाप्न नसकिएको अध्यक्ष चौलागाइँले जानकारी दिए ।

पर्यटकीय पूर्वाधारको विकास गर्न प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गर्ने हेतुले पहिलो पटक गिडिदहमै पुगेको सो वडाका अध्यक्ष अमरबहादुर रोकायाले बताए । गिडिदह सम्मेलनबाट १४ बुँदे घोषणापत्र जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए ।

गाउँपालिका अध्यक्ष चौलागाइँले गिडिदहमा प्रस्तुत गरेको घोषणापत्रबारे जानकारी दिँदै तालको विकासका लागि विस्तृत डिपिआर बनाइ कार्यक्रम अगाडि बढाउने, सो क्षेत्रका अन्य दह, धार्मिक क्षेत्र, जडिबुटी वनस्पति, पाटन, जनावर, वनस्पति, जनवार र पक्षीबारे प्रचारप्रसार गर्ने योजना रहेको बताए । गिडितालको पर्यटन प्रवर्द्धनका लागि सङ्घीय, प्रदेश र गैरसरकारी निकायमा पहल गर्ने पनि जनाइएको छ ।

त्यहाँ जान गिडिखोला गाउँ हुँदै फुलचाले पाटन, लामाचौरसम्म सड्क र गिडिदहसम्म साइकल ट्रेल निर्माण गर्ने उल्लेख गरिएको तातोपानी गाउँपालिकाले जनाएको छ । सम्मेलनमा गाउँपालिका उपाध्यक्ष रेवती रावलले तालसम्म पुग्नका लागि बाटो निर्माण नहुँदा पर्यटकलाई जान समस्या रहेको छ भने । बाटो निर्माण पालिकाको प्राथमिकतामा परेको तातोपानी गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ४ : ३८ बजे

चीनद्वारा नयाँ ‘शिजियान–२८’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

एजेन्सी– दक्षिण चीनको हैनान प्रान्तस्थित वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट चीनले

बेपत्ता पर्यटक मृत फेला

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट कास्कीको दोबाटो जाने क्रममा बेपत्ता भएकी

नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक

काठमाडौं– सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३

दाङमा ४७१ जना एचआइभी सङ्क्रमितको उपचार हुँदै

देउखुरी– दाङमा ४७१ जना एचआइभी एड्सका बिरामीले उपचार गराइरहेका छन्

एनपीएल खेल्न फाफ डुप्लेसिस काठमाडौं आइपुगे (तस्बिरहरू)

काठमाडौं– साउथ अफ्रिकन क्रिकेट खेलाडी फाफ डुप्लेसिस नेपाल आइपुगेका छन्