फोटोग्राफर धिमाललाई आईपीए अवार्ड « Khabarhub

 फोटोग्राफर धिमाललाई आईपीए अवार्ड


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फोटोग्राफर गौतम धिमाल ‘अन्तर्राष्ट्रिय फोटोग्राफी अवार्ड (आईपीए) २०२२’ बाट सम्मानित हुने भएका छन् । आगामी २५ अक्टोबर, २०२२ मा अमेरिकाको न्युयोर्क शहरस्थित कार्नेगी हलको जाङ्केलमा उनलाई सम्मान गरिनेछ ।

यो अवार्डबाट सम्मानित हुने धिमाल पहिलो नेपाली फोटोग्राफर हुन् । यसअघिका अवार्ड समारोहमा नेपालमा खिचिएका तस्बिरहरूले अवार्ड पाए पनि ती तस्बिरहरू अन्तर्राष्ट्रिय फोटोग्राफरले खिचेका थिए । धिमाल लोकेशन नेपाल र गेहेन्द्र धिमाल फाउण्डेशनका अध्यक्षसमेत हुन् । 

धिमाललाई उनको परियोजना ‘हिमालयन फेसन एडभेन्चर’ को लागि विज्ञापन-फेसनको व्यावसायिक श्रेणीमा तेस्रो पुरस्कार प्रदान गरिने भएको छ । अहिले १९ औं वर्षमा आयोजना भइरहेको इन्टरनेशनल फोटोग्राफी अवार्ड (आईपीए) ले अवार्डका लागि हरेक वर्ष हजारौं तस्बिर सबमिशन प्राप्त गर्दछ ।

मुख्यतया, फेसन, विज्ञापन र प्रकृति र वन्यजन्तुको लागि आफ्नो फोटोग्राफी सीपको प्रयोग गर्ने उनी लामो समयदेखि नेपालमा छायांकन हुने विदेशी फिल्मका लागि लाइन प्रोड्युसरको रूपमा काम गरिरहेका छन् । हाल उनले स्वदेशी फिल्म निर्माणमा समेत पाइला चालेका छन् ।

उनले बीबीसी वान, फक्स, र डिस्नेसँगै रेड बुल, नेस्टी, कोकाकोला, पानासोनिक, भिक्स, निप्पन पेन्टस, सामसोनाइट, डोसान, किलगोगसलगायतका ब्राण्डसँग सहकार्य गरिसकेका छन् ।

अवार्ड आयोजकका अनुसार, व्यावसायिक विधाका १३ विजेताहरूले प्रत्येकले नगद पुरस्कार र न्यूयोर्क शहरमा लुसी अवार्ड गालामा भाग लिन दुईवटा टिकटहरू प्राप्त गर्नेछन् । अवार्डमा द इन्टरनेशनल फोटोग्राफर अफ द इयर (व्यावसायिक वर्ग), वर्षको खोज (गैर–व्यावसायिक वर्ग), इन्टरनेशनल फोटोग्राफर अफ द इयर (व्यावसायिक श्रेणी) को विजेताले लुसी अवार्ड्स गालामा प्रदान गरिने लुसी ट्रफी र ४ लाख १० हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै, डिस्कभरी अफ द इयर ९गैर–व्यवसायिक० विधाका विजेताले लुसी अवार्ड्स गालामा प्रदान गरिने लुसी ट्रफी र ४५ हजार डलर नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ४ : ४७ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका