छ लाख ६३ हजार मतदाता कायम « Khabarhub

छ लाख ६३ हजार मतदाता कायम


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा– आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा झापा जिल्लामा छ लाख ६३ हजार तीन सय ११ जना मतदाता कायम रहेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार पुरुष मतदातातर्फ तीन लाख ३१ हजार ४४, महिलातर्फ तीन लाख ३२ हजार दुई सय ५९ र अन्य आठ जना मतदाता कायम भएका हुन् । पाँच संघीय निर्वाचन क्षेत्र, १० प्रदेशसभा क्षेत्र रहेको जिल्लामा कूल मतदानस्थल दुई जानकारी दिए । 

उनका अनुसार संघीय निर्वाचन क्षेत्र नं १ मा पुरुष मतदातातर्फ ६० हजार दुई सय ३७, महिलातर्फ ६० हजार एक सय ३८ गरेर एक लाख २० हजार तीन सय ७५ मतदाता छन् । यो क्षेत्रमा ४५ वटा मतदानस्थल र एक सय ३४ मतदान केन्द्र छन् । यसैगरी क्षेत्र नं २ मा पुरुषतर्फ ६६ हजार छ सय ५७, महिलातर्फ ६७ हजार चार सय २९ र तेस्रोलिङ्गी पाँच गरी एक लाख ३४ हजार ९१ मतदाता छन् । यो क्षेत्रमा ४९ मतदानस्थल र एक सय ५२ मतदान केन्द्र रहेको सो कार्यालयले जनाएको छ ।

यसैगरी क्षेत्र नं ३ मा पुरुषतर्फ ६६ हजार ६१, महिलातर्फ ६५ हजार तीन सय ७१ गरी एक लाख ३१ हजार चार सय ३२ मतदाता छन् भने यो निर्वाचन क्षेत्रमा ६७ मतदानस्थल र एक सय ५५ मतदान केन्द्र छन् ।  क्षेत्र नं ४ मा पुरुषतर्फ ६२ हजार २२, महिला ६१ हजार एक सय एक र अन्य एक गरी एक लाख २३ हजार एक सय २४ मतदाता रहेको र ६३ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेका छन् ।

त्यसैगरी क्षेत्र नं ५ मा पुरुषतर्फ ७६ हजार ६७, महिला ७८ हजार २२० र अन्य दुई गरेर एक लाख ५४ हजार दुई सय ८९ रहेको र ६१ मतदानस्थल र एक सय ७६ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी गराएको छ । जिल्लामा सबैभन्दा बढी मतदाता क्षेत्र नं ५  मा एक लाख ५४ हजार दुई सय ८९ रहेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ४ : ५२ बजे

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने

प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,