भारतीय कांग्रेसको अध्यक्षमा शशी थरुरले उम्मेदवारी दिने | Khabarhub Khabarhub

भारतीय कांग्रेसको अध्यक्षमा शशी थरुरले उम्मेदवारी दिने


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थरुरले उम्मेदवारी दर्ता गर्ने भएका छन् । संघीय संसदमा सांसद समेत रहेका थरुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् ।

उनले भने, “कांग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”

उम्मेदवारी दर्ताका लागि ५० जना प्रस्तावक चाहिनेमा सबै प्रस्तावकको तयारी भइसकेको पनि उनले जानकारी दिए । उनी अध्यक्षमा निर्वाचित भएको खण्डमा भारतीय राष्ट्रिय कांग्रेसमा २५ वर्षपछि मात्रै गान्धि परिवार बाहिरको व्यक्ति अध्यक्ष हुनेछ ।

यसअघि कांग्रेसको अध्यक्षका रुपमा सन् १९९६ मा सीताराम केसरी गान्धी परिवारभन्दा बाहिरको नेता निर्वाचित भएका थिए । उनले शरद पवार र राजेश पिलोटलाई पराजित गरेका थिए । त्यसपछिको निर्वाचनमा भने सन् १९९८ मा जितेन्द्र प्रसादलाई सोनिया गान्धीले अध्यक्षमा पराजित गरेकी थिइन् ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष मधुसुदन मिस्त्रीले पार्टी केन्द्रीय कार्यालयमै उम्मेदवारी दर्ता फाराम उपलब्ध हुने जानकारी दिए । भारतीय राष्ट्रिय कांग्रेस अहिले अन्तरिम अध्यक्षको नेतृत्वमा चलिरहेको छ ।

गत आम निर्वाचनमा पार्टीले नराम्रोसँग पराजय भोगेपछि तत्कालीन अध्यक्ष राहुल गान्धीले हारको जिम्मेवारी लिँदै नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए ।

उनको राजीनामा लामो समयसम्म अस्विकृत गर्दै उनलाई नै अध्यक्षको जिम्मेवारी सम्हाल्न आग्रह गरिएको थियो । तर, उनले बारम्बार उक्त आग्रह अस्वीकार गर्दै आएका थिए । उनले अस्वीकार गरेसँगै उनकै आमा तथा पूर्वअध्यक्ष सोनिया गान्धीलाई नै अन्तरिम अध्यक्षको जिम्मेवारी दिएको छ ।

अब हुने महाधिवेशनबाट पनि राहुल गान्धीलाई नै अध्यक्ष बनाउनुपर्ने पक्षका नेताहरुको सङ्ख्या धेरै रहेको बताइन्छ । तर उनीबारे स्पष्ट निर्णय भइनसकेको बेला थरुरले उम्मेदवारी दिने तयारी गरेका हुन् ।

पार्टीभित्रको आन्तरिक विवाद र अन्यौलताका बीच लामो समयपछि भारतीय कांग्रेसले नयाँ नेतृत्व पाउने भएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ५ : ३१ बजे

नदीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह

काठमाडौं– आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा

ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा 

काठमाडौं– देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र

गिरिजाको जन्मजयन्तीका अवसरमा फोटो प्रदर्शनी गर्दै कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको

निजामती सेवालाई प्रभावकारी बनाउन जरुरी : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजामती सेवालाई थप

प्रभु बैंक र मुस्ताङका होटल तथा रेष्टुरेन्ट बीच छुट सम्झौता 

काठमाडौं– प्रभु बैंकका कर्मचारीहरू तथा ग्राहकलाई मुस्ताङमा अवस्थित विभिन्न होटलका