‘कांग्रेसले मात्रै मुलुकको विकास गर्न सक्छ’ « Khabarhub

‘कांग्रेसले मात्रै मुलुकको विकास गर्न सक्छ’


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले मुलुकको विकासको काम कांग्रेसले मात्रै गर्न सक्ने बताए । 

सोमबार सिन्धुपाल्चोकको बलेफी- ८ जुरे, ड्यामसाईड स्थित वनसाँघु पुस्तकालय व्यवस्थापन एवम् भवन निर्माण शिलान्यास गर्दै नेता बस्नेतले मुलुकमा प्राकृतिक विपत्तिपछि जनतामाझ जाने पार्टी कांग्रेस नै भएको र विकासको काम कांग्रेसले मात्रै गर्नसक्ने बताएका हुन् । 

नेता बस्नेतले सिन्धुपाल्चोकमा भएको पटक पटकको विपत्तिमा पनि कांग्रेस नै अघि बढेर जनताका साथमा काम गरेको जिकिर गरे । यसअघि कांग्रेस खोज्नुपर्ने सिन्धुपाल्चोकमा अहिले कांग्रेस नै एक नंवरको पार्टी भएको उनको दाबी छ । नेता बस्नेतले यसपटकको निर्वाचनमा पनि कांग्रेसले सानदार बिजयी हासिल गर्ने भन्दै निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

त्यस्तै उनले पुस्तकालय भवन निर्माणका लागि कुनै कमी हुन नदिने धारणा राखे ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ५ : ३३ बजे

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

सोमबार बिहानै जानकी मन्दिरमा बालेन, साथमा देखिए अमरेशकुमार सिंह

काठमाडौं – आइतबार साँझ जनकपुरधाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको