मैत्रीपूर्ण खेल खेल्दै नेपाल र बङ्गलादेश « Khabarhub

मैत्रीपूर्ण खेल खेल्दै नेपाल र बङ्गलादेश


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्व एक मैत्रीपूर्ण खेल खेल्दैछ ।

घरेलु मैदान दशरथ रङ्गशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्व मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेलमा राष्ट्रिय टोलीको कप्तानी पुनः किरण चेम्जोङले नै गर्ने भएका छन् । मैत्रीपूर्ण खेल अघि सोमबार आयोजित प्रि-कम्फ्रेन्समा राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँको साथमा किरण प्रस्तुत भएका थिए । प्रि-कम्फ्रेन्स कार्यवाहक प्रशिक्षक हुमागाईँले मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीले निरन्तर प्रशिक्षण गरेको र राम्रो नतिजा आउने विश्वास व्यक्त गरे । उनले यो निकै महत्वपूर्ण खेल भएकाले जितको लक्ष्यका साथ नेपाली टीम मैदान उत्रने बताए । उनले आफूले पाएको जिम्मेवारी गम्भीरताका साथ पुरा गर्ने बताए ।

त्यस्तै किरण चेम्जोङले खेलाडीहरुले देशका लागि खेल्ने भएकाले कोहिमाथि भेदभाव गर्न नहुने बताए । यसअघि नेपाल नआएको विषयमा उनले आफूलाई राष्ट्रिय फुटबल टिमबाट बाहिर राखेकाले नै नआएको स्पष्ट पारे । उनले तीन दिन प्रशिक्षण गर्ने मौका पाएको र टीमलाई बलियो बनाएर अघि बढ्ने जिकिर गरे ।

यसअघि किरणसहित ११ सिनियर खेलाडी तत्कालीन प्रशिक्षक अब्दुल्ला अल्मुताइरीसँगको विवाद पछि टोलीमा थिएनन् । त्यस्तै बंगलादेशका प्रशिक्षक र कप्तालले मैत्रीपूर्ण खेलका लागि निरन्तर अभ्यास गरेको र राम्रो नतिजा ल्याउने विश्वास गरे । नेपाल र बंगलादेशबीचको खेल मंगलबार साँझ ५ः३० बजे सुरु हुनेछ ।  बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ । नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५  खेल बराबरीमा सकिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ६ : २१ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट