चाडपर्वको मौका छोपेर उदयपुरमा सवारी भाडादरमा मनपरी वृद्धि | Khabarhub Khabarhub

चाडपर्वको मौका छोपेर उदयपुरमा सवारी भाडादरमा मनपरी वृद्धि


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दसैँको मौका पारेर उदयपुर जिल्लाको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात व्यवसायी र सञ्चालकहरुले सवारी भाडामा मनपरी वृद्धि गर्न थालेका छन् ।

जिल्ला सदरमुकाम गाईघाटदेखि जिल्लाको पहाडी क्षेत्र सञ्चालन हुने यातायातका साधनहरुले अहिले दसैँको समयमा सवारी भाडा मनपरी वृद्धि गर्न थालेपछि पहाडी क्षेत्र जाने अधिकांश यात्रुले मारमा परेको गुनासो गर्न थालेका छन् ।

जिल्ला सदरमुकाम गाईघाटदेखि मुर्कुची पुवाँरे हुँदै डिल्लीबर भएर माझखर्क, बासबोटे, जाँते, बराह तथा साउने खाँबु हुँदै रसुवा भएर बलाम्ता ताम्लिछा जाने पहाडी क्षेत्रका अधिकांश यातायात व्यवसायीहरुले एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म सवारी भाडा वृद्धि गरेको यात्रुहरुको गुनासो छ ।

दश दिन अगाडिसम्म गाईघाटदेखि बलाम्ता, ताम्लिछा, जाँतेसम्म पुग्नका लागि प्रतिव्यक्ति रु पाँच सयदेखि छ सयसम्म सवारी भाडादर भए पनि अहिले दसैँ नजिकै आउन थालेपछि प्रतियात्रु रु एक हजार बढेको ताम्लिछाका यात्रु देवराज राईले बताए ।

यता जिल्ला सदरमुकाम गाईघाटदेखि मुर्कुची पुवाँरे डिल्लीबर हुँदै माझखर्कसम्म पुग्नका लागि अहिले सात सय रुपैयाँबाट सवारी भाडा वृद्धि भएर एक हजार पाँच सय रुपैयाँ पुगेको छ ।

जिल्ला सदरमुकाम गाईघाटदेखि नेपालटार, भलायाडाँडासम्म ३० किलोमिटरदेखि ५० किलोमिटर सडक खण्डको भाडादर अहिले एक हजार रुपैयाँले वृद्धि भएपछि मारमा परेको उदयपुरगढी पञ्चावतीका दुर्गाकेशर खतिवडाले बताए ।

दसैँको बेला टाढाबाट दसैँ मान्न जसरी पनि गाउँ पुग्नुपर्ने भएकाले यातायात व्यवसायीहरुले भनेको जति भाडा दिन आफूहरु बाध्य हुन परेको अधिकांश यात्रुको गुनासो छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ७ : ३० बजे

औद्योगिक क्षेत्र विस्तारमा कानुनी अड्चन प्रमुख बाधक : मन्त्री भण्डारी

धनगढी– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा औद्योगिक

रविको रिहाइका लागि राउटे मुखियाको ल्याप्चे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको रिहाइका

केही स्वार्थीहरूलाई मात्रै एमालेको महाधिवेशन लागेको हो : ओली

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

श्रमिकको स्वास्थ्य रक्षाका मुद्दा प्रभावकारी बनाउन मन्त्री पौडेलको पहल

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विश्व स्वास्थ्य सङ्गठनमा

प्रधानमन्त्रीको स्पेन भ्रमणबारे संसद्लाई जानकारी

 काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि हुन गइरहेको स्पेनको औपचारिक