शिक्षक हत्या आरोपमा एक युवती पक्राउ « Khabarhub

शिक्षक हत्या आरोपमा एक युवती पक्राउ


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले ओखलढुंगाबाट शिक्षकको हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-८ सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक शुकदेव खनालका अनुसार धमलामाथि विद्यालयमा पढाउँदै आएका ३३ वर्षीय शिक्षक दीपककुमार ठाकुरको हत्या गरेको आरोप छ ।

सप्तरीको विष्णुपुर गाउँपालिका-५ घर भइ ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ लेखर्कमा बसी ठाकुरले कालिका आधारभूत विद्यालयमा पढाउँदै आएका थिए । गत शुक्रबार ठाकुर मृत भेटिएका थिए ।

मृतकको हत्या गरेको आशंका भएपछि प्रहरीले अनुसन्धान अघि बढाएकोमा छलमायालाई पक्राउ गरेको प्रहरी उपरीक्षक खनालले बताए ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ७ : ४८ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने