गाउँघरबाट हराउँदै लिङ्गे पिङ « Khabarhub

गाउँघरबाट हराउँदै लिङ्गे पिङ


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भोजपुर– गाउँघरमा दसैँतिहारको झल्को लिङ्गे पिङबाट पाउने गरिन्थ्यो । दसैँतिहारको अवसर पारेर ग्रामीण भेगमा पिङ हाल्ने संस्कृति केही वर्ष अगाडिसम्म कायममै थियो । तर अहिले भने गाउँघरमा युवा पुस्ताको सङ्ख्या पनि कम हुनु र मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट लिङ्गे पिङ लोप हुन थालेको छ ।

‘गाउँमा मात्र होइन विगत केही वर्ष अगाडिसम्म त सदरमुकाम आसपासमा पिङ देख्न पाइन्थ्यो तर अहिले सो संस्कृति हराउँदै गएको छ ।’ स्थानीयवासी खोमराज धमलाले भने, ‘पुराना संस्कार तथा संस्कृति विस्तारै हराउँदो क्रममा छन् ।’ बढी मात्रामा बाटिएको टोरी प्रयोग गरेर बाँसको लिङ्गा गाडेर पिङ हाल्ने गरिन्थ्यो ।

गाउँघरमा पिङ नभएपछि जमघट र भेटघाट खल्लो हुने अनुभव युवाको छ । ‘विगतमा लगाइने पिङमा वृद्धा, युवादेखि बालबालिकासम्मको जमघट हुने गर्दथ्यो । त्यस्तो रमाइलो गर्ने परम्परा हराउँदै गएको छ’, स्थानीय युवा वसन्त खड्काले भने । गाउँका मुख्यस्थल पिङमय हुने गरेको भए पनि हिजोआज त्यो संस्कृति पनि लोप हुँदै गएको भनाइ अरुण गाउँपालिकाका लिलानाथ कोइरालाको छ ।

सामान्यतया लिङ्गे पिङ बाँसका लिङ्गा गाटेर बाबियोको डोरीको लठ्ठा बनाएर बनाउने गरिन्थ्यो । पुरानो संस्कृति र परम्परा जोगाउन अहिले गाउँघरमा बाबियोको डोरी बनाउने मानिसको अभाव रहेको कारण पिङको संस्कार पनि हराउँदै गएको स्थानीय शिव भुजेलको धारणा छ ।

सानै उमेरदेखि दसैँमा पिङ खेल्ने गरेको तर पिङ नै गाउँघरमा लगाउन छोडिएको स्थानीय बद्रीबिक्रम बुढाथोकीले बताए । ‘पहिले टोलटोलमा पिङ थाप्ने प्रतिस्पर्धा नै हुन्थ्यो तर अहिलेको पुस्तामा त्यसप्रति आकर्षण घटेको छ । युवाले आधुनिकताका नाममा संस्कृति छाड्दै गएका छन्’, बुढाथोकीले भने, ‘संस्कृतिसँग जोडिएका यस्ता प्रचलनलाई युवाले निरन्तरता दिनुपर्छ ।’ पुरानो भनाइ चाडपर्वमा पिङ खेलेर भुई छाड्नुपर्ने परम्परा पनि हटेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १० : २० बजे

लिपुलेकमा ब्रिटेनलाई मध्यस्थ बनाउने बालेनको प्रस्तावले भारतमा तरंग

काठमाडौं- नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधि सभाको बैठकमा दिएको

बजेट ठूलो होइन, जिडिपीको तुलनामा सानो हो : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को

जुम्लाको जोगिबाँडामा पक्की पुल निर्माण गरिँदै

जुम्ला– जिल्लाको हिमा गाउँपालिका-३ स्थित जोगिबाँडामा छ करोड रुपैयाँ लागतमा

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

गलकोट– जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न भ्याइनभ्याइ

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर– कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि स्वास्थ्य