उद्योग व्यवसाय समृद्धिको आधार : मुख्यमन्त्री राई | Khabarhub Khabarhub

उद्योग व्यवसाय समृद्धिको आधार : मुख्यमन्त्री राई


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्योग व्यवसाय समृद्धिको आधार भएको बताए छन्। सघुपति जुटमिल विराटनगरको हिरकजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनले ७५ वर्षसम्म निरन्तर उद्योग सञ्चालन भइरहनु रघुपति जुटमिलको सफलतासँगै अन्य उद्योगीका लागि प्रेरणा भएको बताए।

नेपालमा कृषिको युग रहेको र त्यति बेलाको कृषि युगमा उद्योग सञ्चालनको हिम्मत गर्नु सराहनीय भएको उल्लेख गर्दै उनले सुनसरी–मोरङमा उत्पादन हुने जुटको उपयोग गर्न उद्योग स्थापना भई यसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धेरैलाई रोजगारी दिएको बताए ।

‘अहिले पनि तीन हजारलाई उद्योगले प्रत्यक्ष रोजगारी दिएको छ’, उनले भने, ‘अप्रत्यक्ष रुपमा थुपै्रले रोजगारी पाएका छन् । यतिमात्रै हैन उद्योगले वार्षिक साढे दुई अर्बको जुटका सामग्रीहरू निर्यात गरेर विदेशी मुद्रासमेत भित्राइरहेको बताउनुभयो ।’

मुख्यमन्त्री राईले देशको मुख्य संकल्प राष्ट्रिय पूँजीको विकास गरी दलाल पूँजीलाई विस्थापित गर्नुपर्ने समय आएको तर्क गरे । उनले सङ्घीयतामा प्रदेश सरकारलाई निम्सरो बनाइएका कारण जनताको अपेक्षाअनुसार प्रदेश सरकारले उद्योग व्यवसायको क्षेत्रमा काम गर्न नसकेको स्पष्ट पारे ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १० : ४१ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले