सूर्योदयसँगै नेपाल संवत् ११४३ को स्वागत « Khabarhub

सूर्योदयसँगै नेपाल संवत् ११४३ को स्वागत


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत् ११४३ लाई आज बिहान सूर्योदयसँगै स्वागत गरिएको छ।

नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। बिहान सूर्योदयसँगै नयाँ वर्ष सुरु भएको खुसीयालीमा अहिले राजधानीका विभिन्न स्थानमा शुभकामना र्‍याली निकाल्ने तयारी भएको नयाँ वर्ष (न्हूँ द) मूल समारोह समितिले जनाएको छ।

यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेको छ। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गरेका थिए। नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए।

“लच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले भने।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखिनै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ। नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।

विसं २०६५ मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए। कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परासमेत काठमाडौँमा अझै छ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ९ : ४८ बजे

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।