आकाशिँदो मूल्यले हिमाली जिल्लाका उपभोक्ता मर्कामा « Khabarhub

आकाशिँदो मूल्यले हिमाली जिल्लाका उपभोक्ता मर्कामा


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कास्की – असोज तेस्रो साता आएको अविरल वर्षापछिको बाढी र पहिराले लामो समयसम्म सडक बन्द हुँदा हिमाली जिल्लाको बजार मूल्य आकाशिएको छ।

सडक अवरुद्ध भएको २० दिनपछि मात्र कात्तिक ८ गते मङ्गलबार कर्णाली राजमार्ग खुलेको छ। राजमार्ग त खुलेको छ तर सबै सवारी साधन सहजै आवतजावत हुन सकेका छैनन्। सडकको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेकाले आवश्यक उपभोग्य समानको आयात सहज बन्न सकेको छैन। अवरुद्ध राजमार्गलाई देखाएर मनोमानी तरिकाले बढाइएको उपभोग्य वस्तुको मूल्य व्यापारीले कायमै राख्दा उपभोक्ता मर्कामा परेका छन्।

उपभोक्ता चामल, दाल, तेल, चिनी, मैदालगायत वस्तु महँगोमा मूल्य किन्न बाध्य छन्। सडक अवरुद्ध हुनुअघि प्रतिकिलो रु ७० मा पर्ने मैदा यतिबेला प्रतिकिलो रु १६० मा बिक्री हुँदै छ। सेल रोटी हाल्नका लागि तिहारको मुखमा प्रतिकिलो रु १६० हालेर पनि मैदा किन्न नपाइएको जुम्लाको चन्दननाथ नगरपालिका–७ की सम्झना महतले जानकारी दिए।

“खाना पकाउने ग्यासको मूल्य रु तीन हजार पुगेको छ भने खाने तेल प्रतिपोका रु १६० पुर्‍याइएको छ”, उनले भने, “बजारमा उपभोग्य वस्तु छोइसक्नु अवस्थाका छैनन्। पहिले रु ५० पर्ने माला अहिले रु २०० पर्छ।” मूल्य तेब्बरले बढेको उनले बताए।

हिजोका दिनमा खसीको मासु विस्थापित गरेको ब्रोइलर कुखुरा हिमाली जिल्लामा पाउन छोडेको छ। खसीको मूल्य आकाशिँदो छ। ब्रोइलर कुखुराको मासु पाइँदासम्म प्रतिकिलो रु एक हजारसम्म पर्ने खसीको मासु सडक अवरुद्ध भएसँगै अहिले रु एक हजार ३०० सम्म पुगेको उपभोक्ता जयशङ्कर धितालले बताए।

उनले भने, “बजारमा सामान अभाव भएर व्यापारी होइन, उपभोक्तालाई ठूलो मर्का परेको छ। व्यापारीले विपद्का कारण अवरुद्ध कर्णाली राजमार्गलाई माध्यम बनाएर रातारात कमाउने अवसर लिइरहेका छन्। बजारमा कृत्रिम अभाव देखाएर कालाबजारी गर्ने व्यापारीलाई स्थानीय प्रशासनले कारबाही गर्नुपर्दछ।”

सवारी साधनमा प्रयोग हुने डिजेल र पेट्रोल अभाव भएको भन्दै गाडी सञ्चालकले रु २०–२५ प्रतिशत भाडा बढाएका छन्। प्रतिकिलो रु ५० पर्ने तरकारी बढेर रु १०० पुगेको छ। मसलाजन्य सबै वस्तुको मूल्य पनि दोब्बरले बढेको उपभोक्ताले बताएका छन्। यो समस्या कर्णालीका हुम्ला, डोल्पा, मुगु, जुम्लालगायत जिल्लामा बढी छ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले कर्णाली राजमार्ग खुलिसकेकाले अब बजार पहिलेकै अवस्थामा आउने जानकारी दिए। उनका अनुसार भर्खरै गरेको बजार अनुगमन तथा निरीक्षणका क्रममा म्याद गुज्रेका सामान बरामद गरी नष्ट गरिएको छ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १० : ४५ बजे

मालपोत कार्यालयको नाम फेरियो

काठमाडौं- सरकारले मालपोत कार्यालयको नाम परिवर्तन गरेर भूमि प्रशासन कार्यालय

मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग

पाटन– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि

गुल्शन झा एक्लैले ५ विकेट लिएपछि ओमनविरुद्ध नेपाल ८१ रनले विजयी

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत मंगलबारको खेलमा नेपाल

शेखर गोल्छालाई हिरासतमा राख्न अदालतले दिएन अनुमति

काठमाडौं– व्यवसायी शेखर गोल्छालाई हिरासतमा राख्न अदालतले अस्वीकार गरेको छ

राष्ट्रिय खेलकुद परिषद्का ४४ जना पदाधिकारी भए पदमुक्त

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का ४४ जना पदाधिकारी पदमुक्त भएका छन्