कर्णालीमा बागीका कारण गठबन्धनभित्र तनाव « Khabarhub

कर्णालीमा बागीका कारण गठबन्धनभित्र तनाव


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सुर्खेत–मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवारका कारण सत्तागठबन्धनभित्र समस्या उत्पन्न भएको छ । जसकारण नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एकले अर्काको निगरानी बढाएका छन् । नेताहरुले गठबन्धनका उम्मेदवारलाई भोट हाल्न र गठबन्धनभित्र रहेका दलका कार्यकर्ताको निगरानी गर्न सर्कुलर गरिएको छ । ठाउँठाउँमा बागी उम्मेदवार भएपछि दलहरूले निगरानी गर्न थालेका हुन् ।

कर्णाली प्रदेशमा १६ जना स्वतन्त्र उम्मेदवार छन् । कर्णालीका जुम्ला र कालिकोटमा माओवादी उम्मेदवारविरुद्ध पार्टीकै बागी उम्मेदवार उठेका छन् । माओवादी उम्मेदवारविरुद्ध कांग्रेसको समेत बागी रहेको छ । रुकुम पश्चिममा अर्थमन्त्री जनार्दन शर्माविरुद्ध कांग्रेसका तारक केसीले बागी हालेका छन् । कालिकोटमा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध काशीचन्द्र बरालले बगी उम्मेदवारी दिएका छन् । 

जुम्लामा गोमा कुँवरविरुद्ध माओवादीकै कलबहादुर रोकायले उम्मेदवारी दिएका छन् । सुर्खेत २ (ख) मा माओवादी उम्मेदवार बिन्दमान बिष्टविरुद्ध एकीकृत समाजवादीका मोहनसिंह बडुवालले बगी हालेका छन् । हुम्ला (क) मा माओवादी उम्मेदवार रणसिंह परियारविरुद्ध हस्तबहादुर शाही र कांग्रेसका मंगल शाहीले बागी हालेका छन् ।

 सुर्खेत १ (ख) मा कृष्ण जीसीबिरुद्ध कांग्रेसका देवबहादुर चन्द र जनमोर्चाका मोहन थापाले बागी दिएका छन् । मुगु (ख) मा माओवादी उम्मेदवार मंगल शाहीविरुद्ध जगत धामीले बागी उम्मेदवारी दिएका छन् ।

कर्णालीमा एकीकृत समाजवादीका उम्मेदवारविरुद्ध पनि बागी छन् । सल्यानमा प्रकाश ज्वालाकविरुद्ध कांग्रेसका रविन्द्रबहादुर शाहले बागी हालेका छन् । कर्णाली प्रदेश सभापति ललितजंग शाही उम्मेदवार रहेको जुम्ला (क) मा महाधिवेशन प्रतिनिधि देवेन्द्र शाही बागी छन् । उनी ०७४ को निर्वाचनमा कांग्रेसका तर्फबाट जुम्लामा प्रतिनिधिसभा उम्मेदवार थिए । 

बागीहरूले घेरिएपछि आधिकारिक उम्मेदवार पक्षमा जनमत सिर्जना गर्न सत्तागठबन्धनभित्र एकले अर्काको निगरानी थालेका हुन् । प्रदेशस्तरमा निर्वाचन परिचालन अनुगमन समितिसमेत गठन गरिएको छ । माओवादीका प्रदेश अध्यक्ष विमला केसीको नेतृत्वमा नौ सदस्यीय कमिटी गठन गरिएको छ । समितिमा कांग्रेसका महामन्त्री कृष्ण रोकाय, निरञ्जन केसी, समाजवादीका ठगेन्द्रप्रकाश पुरी, कृष्णबहादुर बिसी, माओवादीका प्रदेश सचिव धनजितबहादुर शाही, राष्ट्रिय जनमोर्चामा पूर्णबहादुर शाही छन्।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  २ : २० बजे

ललितपुर महानगरको हिउँदे नगरसभा सम्पन्न : अपेक्षा अनुसार पुँजीगत खर्च भएन

ललितपुर– ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा ) सम्पन्न भएको छ

ईयू–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

असुन्सिओन- युरोपेली सङ्घ (ईयू) र दक्षिण अमेरिकी राष्ट्रहरूको मर्कोसुर ब्लकले

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर

सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’  योजना