तिहारमा मौलिक परिकार पाक्नै छाड्यो « Khabarhub

तिहारमा मौलिक परिकार पाक्नै छाड्यो


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

खजुरा– तिहारलाई विशेष परिकारको पर्व भन्ने गरिन्छ । चाडपर्वका समयमा सहर बजारमा गाउँघरको जस्तो मौलिक परिकार पाक्नै छोडिसकेका छन् । परिकार बनाउने सीप भएका महिलाले तिहारअघि नै परिकार बनाएर बेच्न थालेका छन् ।

फिनी, सेल रोटी, अनरसा, झिलिङ्गा, खुर्मालगायतका तिहार विशेष परिकार सहजै बजारमा किन्न पाउने भएपछि कामकाजी महिलालाई परिकार बनाउने झन्झट हटेको छ, भने सीप र जागर भएका महिलाले आयआर्जन गर्ने मौका पाएका छन् । नेपालगञ्जस्थित सफल बहुउद्देश्यीय सहकारी संस्थाकी सरस्वती सुवेदीलाई यतिबेला तिहार विशेष सामग्री बेच्न भ्याइनभ्याइ छ ।

बत्तीस सदस्य रहेको सहकारीले बचत र सदस्यहरुमै ऋण लगानी गर्दै आएको छ । विगत एक वर्षदेखि सञ्चालनमा रहेको सहकारी यसैवर्ष दर्ता भयो । पहिलो पटक संस्थामार्फत तिहारका लागि भाइमसला, चामलको साटो र पिठो बिक्री भइरहेको छ । 

नरिवल, ओखरलगायतका १७  सामग्री मिसाएको भाइमसला एक सय ५० देखि एक हजार ५० सम्म बिक्री भइरहेको छ । सधैँ बजारमा गएर तिहार विशेष सामग्री किन्ने संस्थाका सदस्य यसपटक घरमै तयार गरेर बिक्री गरिरहेका छन् । सामग्री धमाधम बिक्री हुन थालेपछि यो काममा उत्साह थपिएको उनको भनाइ छ ।

उनी जस्तै नेपालगञ्जका सीप र जाँगर भएका अन्य महिलाले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेर तिहार विशेष परिकार बिक्री गरिरहेका छन् । यस्ता महिलाको उत्पादनलाई बजारीकरण गर्न महिला उद्यमी सङ्घ बाँके र नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको कोसेली घरले सघाउँदै आएको महिला उद्यमी सङ्घ बाँकेका महासचिव सुनिता पाण्डेले बताए । 

नेपालगञ्जमा विगत पाँच वर्षदेखि कोसेली घरले महिला उद्यमीले उत्पादन गरेका विभिन्न मौलिक सामग्री बजारीकरणमा सघाउ पुर्‍याउँदै आएको छ । यसपटक पनि फिनी, सेल रोटी, अनरसा, झिलिङ्गा खुर्मालगायतका तिहार विशेष परिकार बिक्रीमा राखिएको छ । 

चाडवाडमा अधिकांशको घरमा यी परिकार अनिवार्यरूपमा पाक्ने गर्छन् । तिहार परिकारको पर्व पनि हो । तर कामकाजी महिलालाई कामबाट फुर्सदलिएर परिकार बनाउनुपर्ने झन्झट रहेकोमा तयारी परिकार नै किन्न पाइने भएपछि सहज भएको भेरी नर्सिङ कलेजका सञ्चालक रेवती सिंहले बताए ।

उनी जस्तै नेपालगञ्जकी महिला नेत्री नितु चन्दलाई पनि घरकै स्वादमा तयारी परिकार पाउन थालेपछि सहज भएको बताउँछन् । कामकाजी महिलालाई तयारी परिकारले एकातिर सहजता थपिएको छ, भने अर्कोतिर चाडवाडमा हातमा सीप भएका गृहिणी महिलाले रोजगारी समेत पाउन थालेका छन् ।

गतवर्ष कोशेली घरमार्फत करिब ४० हजार बराबरको परिकार बिक्री भएको महिला उद्यमी संघ बाँकेका उपाध्यक्ष सावित्रा बस्नेतले जानकारी दिए । परिकार खेर जान नदिन कोशेली घरले माग अनुसार महिलाहरूलाई उत्पादनको काम दिने गरेको छ। गतवर्ष २  महिलालाई तिहार विशेष परिकार बिक्रीका लागि जिम्मा दिएकोमा यसवर्ष माग बढेपछि १० जनाले यो काम पाएको उनको भनाई छ । 

चाडपर्वमा पाक्ने मौलिक परिकार केही समय यता शहरमा देखिन छोडिसकेका थिए । सिप भएका महिलाहरूले व्यवसायका रुपमा गर्न थालेपछि विभिन्न समुदायका मौलिक परिकारबारे नयाँ पुस्ताले जान्ने अवसर पाएका छन् भने महिलाका आयआर्जनमा थप टेवा पुगेको छ ।


प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  २ : ४२ बजे

अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग

कास्की – बाढीपहिरोलगायत विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका

मुस्लिम समुदायका लागि मधेशमा बुधबार बिदा

जनकपुर – मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश