भारतीय रुपैयाँमा हिन्दू देवीदेवताका तस्वीर राख्न दिल्लीका मुख्यमन्त्री केजरीवालको माग « Khabarhub

भारतीय रुपैयाँमा हिन्दू देवीदेवताका तस्वीर राख्न दिल्लीका मुख्यमन्त्री केजरीवालको माग


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतीय रुपैयाँमा महात्मा गान्धीका साथै हिन्दू देवीदेवताको तस्वीर राख्न केन्द्र सरकारसमक्ष माग गरेका छन् ।

केजरीवालले भारतीय रुपैयाँमा गान्धीका साथै हिन्दू देवीदेवताहरु लक्ष्मी र गणेशको तस्वीर राख्न केन्द्र सरकारसमक्ष माग गरेको भारतीय समाचार च्यानल आजतकले जनाएको छ ।

भारतीय रुपैयाँमा हिन्दू देवीदेवताको तस्वीर राखेको खण्डमा अर्थतन्त्रमा सुधार आउने उनको विश्वास छ । उनले नयाँ नोट छाप्ने बेला लक्ष्मी र गणेशको तस्वीर राख्न सकिने जनाएका छन् ।

हिन्दूहरुको चाड दिवालीलगत्तै केजरीवालले केन्द्र सरकारसमक्ष विघ्नहर्ता देवता गणेश र धनकी देवी लक्ष्मीको तस्वीर राख्न माग गरेका हुन् ।

हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी भाजपाको नेतृत्वमा रहेको केन्द्र सरकारसमक्ष उनले गरेको मागलाई निकै चासोपूर्वक हेरिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ६ : ४७ बजे

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ