आणविक परीक्षण गरे उत्तर कोरियाले ‘असमानान्तर’ प्रतिक्रिया भोग्ने अमेरिका, जापान र दक्षिण कोरियाको चेतावनी « Khabarhub

आणविक परीक्षण गरे उत्तर कोरियाले ‘असमानान्तर’ प्रतिक्रिया भोग्ने अमेरिका, जापान र दक्षिण कोरियाको चेतावनी


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिका जापान र दक्षिण कोरियाले आणविक बमको परीक्षण गरे उत्तर कोरियाले ‘असमानान्तर’ स्तरको प्रतिक्रियाको सामना गर्ने चेतावनी दिएका छन् ।

जापानको राजधानी टोकियोमा बोल्दै दक्षिण कोरियाका प्रथम उपविदेशमन्त्री चो ह्युन डोङले आणविक बम परीक्षण गरेको खण्डमा उत्तर कोरियाले ‘असमानान्तर’ स्तरको प्रतिक्रिया भोग्नुपर्ने विषयमा साझेदार मुलुकहरु सहमत भएको बताएका हुन् ।

अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मन र जापानी उपविदेशमन्त्री ताकेओ मोरीसँगको भेटवार्तापछि दक्षिण कोरियाली उपविदेशमन्त्रीको यस्तो भनाइ आएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिका र साझेदार मुलुकहरुले आणविक परीक्षण गरेको खण्डमा उत्तर कोरियाले कस्तो प्रतिक्रियाको सामना गर्ने हो भन्ने खुलाएका छैनन् ।

उत्तर कोरियाले सन् २०१७ यता आणविक परीक्षण गरेको छैन । यद्यपि उत्तर कोरियाले आणविक परीक्षणस्थलको मर्मत गरिरहेको जनाइएको छ । यससँगै उत्तर कोरियाले छिटै आणविक परीक्षण गर्नसक्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ७ : १० बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित