अब एप्पलले युएसबी–सी चार्जरबाट चार्ज हुने आईफोन बनाउने « Khabarhub

अब एप्पलले युएसबी–सी चार्जरबाट चार्ज हुने आईफोन बनाउने


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अब युएसबी–सी चार्जरबाट चार्ज गर्न मिल्नेगरी आईफोनको उत्पादन हुने भएको छ । आईफोन निर्माता कम्पनी एप्पलका कार्यकारी ग्रेग जोस्वियाकले क्यालिफोर्नियामा आयोजित एक प्रविधि सम्मेलनमा अब युएसबी–सी चार्जरबाट समेत चार्ज गर्न मिल्नेगरी आईफोनको उत्पादन गरिने जानकारी दिएका हुन् ।

युरोपेली युनियनले नयाँ प्रावधान जारी गरेसँगै एप्पल कम्पनीले युएसबी–सी चार्जरबाट चार्ज गर्न मिल्ने आईफोन उत्पादन गर्न लागेको हो ।
यसै महिनाको सुरुमा युरोपेली संसाद्ले चार्जरसम्बन्धी नयाँ प्रावधान पारित गरेको थियो ।

युरोपेली युनियनको नयाँ प्रावधान अनुसार सन् २०२४ को अन्त्यबाट सबै मोबाइल फोन, ट्याबलेट, क्यामेरा र अन्य साना उपकरणमा युएसबी–सी चार्जर प्रयोग गर्नुपर्ने छ ।

विद्युतीय फोहोरमा कमी ल्याउन एवम् उपभोक्ताको जीवनलाई सहज बनाउन युरोपेली युनियनले नयाँ प्रावधान जारी गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ८ : ०५ बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र