प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित : पाँच पराजित « Khabarhub

प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित : पाँच पराजित

गृह र सञ्चारमन्त्री मतगणनामा पछाडि


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ प्रधानमन्त्रीसहित वर्तमान सरकारका छ मन्त्री निर्वाचित भएका छन्। निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म पाँच मन्त्री पराजित भएका हुन् भने तीन मन्त्री उम्मेदवार बनेको स्थानमा मतगणना जारी छ।

प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा क्षेत्र नं १ बाट १२ हजार चार सय ३२ मतान्तरसहित विजयी भएका छन्। उनले २५ हजार पाँच सय ३४ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटम् प्रतिद्वन्द्वी स्वन्तन्त्र उम्मेदवार सागर ढकालले १२ हजार ४२ मत मात्र पाए।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर अछाम निर्वाचन क्षेत्र नं १ बाट १९ हजार पाँच सय ३४ मतसहित विजयी भएका छन्। उनले एमालेका झपट बोहोरालाई चार हजार चार सय ८९ मतान्तरले पराजित गरे।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू २८ हजार पाँच सय १५ मतसहित दार्चुला क्षेत्र नं १ बाट विजयी भएका छन्। उनका निकटम् प्रतिद्वन्द्वी एमालेका गणेशसिंह ठगुन्नाले २६ हजार तीन सय ८१ मत पाएका छन्।

अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिम क्षेत्र नं १ बाट निर्वाचित भएका छन्। उनले ३९ हजार पाँच सय ४९ मत प्राप्त पाएका छन्।

सहरी विकास मन्त्री मेटमणि चौधरी दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट पाँच हजार ८३ मतान्तरसहित विजयी भएका छन्। उनले एमालेका शान्ता चौधरीलाई पराजित गरेका हुन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बागलुङ २ बाट २४ हजार सात सय ७९ मतसहित विजयी भएका छन्।

गत आइतबार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फको मतगणना केही स्थानमा अझै जारी छ। परराष्ट्र मन्त्री डा नारायण खड्काले उदयपुर क्षेत्र नं १ मा १४ हजार दुई सय ४१ मतसहित अग्रता कायम राखेका छन्। हालसम्म गृहमन्त्री बालकृष्ण खाण र सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले पछाडि छन्।

रुपन्देही ३ बाट उम्मेदवार बनेका गृहमन्त्री खाणले २९ हजार दुई सय ५५ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार दीपक बोहोराले ३० हजार पाँच सय ७७ मत पाएका छन्।

यस्तै सुनसरी ४ बाट उम्मेदवार बनेका सञ्चारमन्त्री कार्की एक सय एक मतसहित पछाडि छन्। मन्त्री कार्कीले १९ हजार सात सय नौ मत प्राप्त गर्दा एमालेका जगदीशप्रसाद कुसियतले १९ हजार आठ सय १० मत पाएका छन्।

यसपटकको निर्वाचनमा पाँच मन्त्री पराजित भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, खानेपानी मन्त्री उमाकान्त चौधरी, युवा तथा खेलकुद मन्त्री महेश्वरराज गहतराज, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पराजित भएका हुन्।रासस

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ६ : ३० बजे

सरकारसँग जनता असुरक्षित हुन थाले : एमाले सचेतक घतानी (अन्तर्वार्ता)

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत भएकी निता

पश्चिम एसियामा मिसाइल चल्दा नेपालका सडकमा असर, बिटुमिन नआउँदा रोकियो कालोपत्र

काठमाडौं- इरान र संयुक्त राज्य अमेरिकाबीचको युद्धले यतिबेला पश्चिम एसियालाई

रास्वपा उपनेता पराजुली भन्छन् : अरू दलले नगरेको काम गरेका छौँ, नीति तथा कार्यक्रमले राष्ट्रलाई मार्गनिर्देशन गर्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता पराजुलीले सरकारको नीति

‘पारस्परिक लाभ, सम्मान र बहुपक्षीय सहकार्यका आधारमा परराष्ट्र सम्बन्ध’

काठमाडौं- सरकारले छिमेकी तथा मित्र राष्ट्रहरूसँग पारस्परिक लाभ, सम्मान र

आजका समाचार : आयो नीति तथा कार्यक्रम, संसद्‌मा पुगे आठवटै अध्यादेश, सरकारलाई सर्वोच्चको धक्का र राष्ट्रपति ट्रम्प बुधबार चीन जाँदै

भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन समाधान गरिनेसरकारले भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन