बाँके-१ (ख) बाट एमालेका दुर्गाप्रसाद चौधरी विजयी « Khabarhub

बाँके-१ (ख) बाट एमालेका दुर्गाप्रसाद चौधरी विजयी


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरी विजयी भएका छन् । उनले १५ हजार छ सय ५७ मत प्राप्त गरे ।

निर्वाचन आयोगले अद्यावधिक गरेको मतपरिणामअनुसार निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फूलाराम थारुले १४ हजार सात सय ८० मत पाएका छन् ।

उनीहरुबीच आठ सय ७७ मतान्तर रहेको छ । बाँके प्रदेश क्षेत्र नं १ प्रदेशसभा (२) मा ६५ हजार दुई सय ५५ मतदाता रहेकामा ४१ हजार दुई सय ४३ मत खसेको थियो ।

प्रतिनिधिसभा बाँके क्षेत्र नं १ मा नेकपा एमालेका सूर्यप्रसाद ढकाल निर्वाचित भए । सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार गरी सात जना उम्मेदवार थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ३० बजे

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको