ओमानको राष्ट्रिय दिवसमा नेपाली मौलिक पञ्चेबाजा « Khabarhub

ओमानको राष्ट्रिय दिवसमा नेपाली मौलिक पञ्चेबाजा



दोहा- ओमानको राष्ट्रिय दिवसको अवसरमा नेपाली मौलिक पञ्चेबाजा पञ्चेबाजा, विभिन्न परम्परागत भेषभूषा तथा नेपालको अन्य मौलिक तथा पर्यटकीय आकर्षण प्रदर्शन गरिएको छ।

ओमानस्थित नेपाली दूतावास, नेपाली सोसल क्लब ओमान तथा ओमानस्थित सम्पूर्ण संघसंस्था मिलेर कार्यक्रम गरेका हुन्। कार्यक्रममा नेपाली मौलिक पञ्चेबाजा, विभिन्न परम्परागत भेषभूषा तथा नेपालको अन्य मौलिक तथा पर्यटकीय आकर्षण प्रदर्शन गरिएको हो।

पञ्चेबाजा बजाउने वाद्यबादक नेपाली दौरा सुरूवाल सहितको राष्ट्रिय पोसाकमा सजिनुका साथै तामाङ्, गुरूङ् र मगर समुदायले आफ्नो परम्परागत भेषभुषा तथा झाँकी प्रदर्शन गरेका थिए।

कार्यक्रममा सहभागी अन्यले लङ लाइभ नेपाल–ओमान रिलेसन लेखिएको र नेपाल र ओमानको झण्डा अंकित नेपाल र ओमानको झण्डा कै रंगमा बनाइएको विशेष टिसर्ट पनि लगाउएका थिए।

कार्यक्रम नेपाली दूतावास नजिकबाट सुरु भएर नजिकैको समुन्द्री किनार हुँदै करिब ३ किलोमिटर अगाडि रहेको परराष्ट्र मन्त्रालय अगाडि रहेको खुल्ला स्थान अगाडि गएर टुंगिएको थियो।

शुक्रबार सार्वजनिक बिदाको दिन भएकोले समुन्द्री किनारमा मानिसको भिडभाड रहेको थियो। नेपाली पहिचान सहितको कार्यक्रम देखेर धेरै मानिसले चाख लिएर हेरिरहेका थिए। सहभागिताका लागि वाकाथनको रूटमा पर्ने समुन्द्री किनार वासपासका करिब १५ वटा रेस्टुरेन्टहरू तथा त्यहाँ उपस्थित ग्राहकहरूलाई सहभागी हुन अनुरोध गरिएको थियो।

कार्यक्रममा विशेष गरी पाँचतारे होटल इन्टरकन्टिनेन्टल र डब्लु होटलबाट समेत पाहुना सहभागी भएका थिए।ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले कार्यक्रमको अन्त्यमा ओमानको ५२ औं राष्ट्रिय दिवसको अवसरमा शुभकामना
दिए।

शुभकामना सन्देशमा ओमानका महाराजा सुल्तान हाइथाम बिन तारिकको सुस्वास्थ्य एवम् दीर्घायुको कामना तथा ओमानी नागरिकको सुख, शान्ति एवम् सम्बृद्धिको लागि शुभकामना व्यक्त गरेका थिए। ओमानमा नेपाली समुदायले पहिलो पटक आयोजना गरेको कार्यक्रममा करिब सयको उपस्थिति रहेको थियो। कार्यक्रममा ओमान प्रहरीले स्कर्टिङ गरेको थियो।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ८ : ११ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६