ओमानको राष्ट्रिय दिवसमा नेपाली मौलिक पञ्चेबाजा | Khabarhub Khabarhub

ओमानको राष्ट्रिय दिवसमा नेपाली मौलिक पञ्चेबाजा



दोहा- ओमानको राष्ट्रिय दिवसको अवसरमा नेपाली मौलिक पञ्चेबाजा पञ्चेबाजा, विभिन्न परम्परागत भेषभूषा तथा नेपालको अन्य मौलिक तथा पर्यटकीय आकर्षण प्रदर्शन गरिएको छ।

ओमानस्थित नेपाली दूतावास, नेपाली सोसल क्लब ओमान तथा ओमानस्थित सम्पूर्ण संघसंस्था मिलेर कार्यक्रम गरेका हुन्। कार्यक्रममा नेपाली मौलिक पञ्चेबाजा, विभिन्न परम्परागत भेषभूषा तथा नेपालको अन्य मौलिक तथा पर्यटकीय आकर्षण प्रदर्शन गरिएको हो।

पञ्चेबाजा बजाउने वाद्यबादक नेपाली दौरा सुरूवाल सहितको राष्ट्रिय पोसाकमा सजिनुका साथै तामाङ्, गुरूङ् र मगर समुदायले आफ्नो परम्परागत भेषभुषा तथा झाँकी प्रदर्शन गरेका थिए।

कार्यक्रममा सहभागी अन्यले लङ लाइभ नेपाल–ओमान रिलेसन लेखिएको र नेपाल र ओमानको झण्डा अंकित नेपाल र ओमानको झण्डा कै रंगमा बनाइएको विशेष टिसर्ट पनि लगाउएका थिए।

कार्यक्रम नेपाली दूतावास नजिकबाट सुरु भएर नजिकैको समुन्द्री किनार हुँदै करिब ३ किलोमिटर अगाडि रहेको परराष्ट्र मन्त्रालय अगाडि रहेको खुल्ला स्थान अगाडि गएर टुंगिएको थियो।

शुक्रबार सार्वजनिक बिदाको दिन भएकोले समुन्द्री किनारमा मानिसको भिडभाड रहेको थियो। नेपाली पहिचान सहितको कार्यक्रम देखेर धेरै मानिसले चाख लिएर हेरिरहेका थिए। सहभागिताका लागि वाकाथनको रूटमा पर्ने समुन्द्री किनार वासपासका करिब १५ वटा रेस्टुरेन्टहरू तथा त्यहाँ उपस्थित ग्राहकहरूलाई सहभागी हुन अनुरोध गरिएको थियो।

कार्यक्रममा विशेष गरी पाँचतारे होटल इन्टरकन्टिनेन्टल र डब्लु होटलबाट समेत पाहुना सहभागी भएका थिए।ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले कार्यक्रमको अन्त्यमा ओमानको ५२ औं राष्ट्रिय दिवसको अवसरमा शुभकामना
दिए।

शुभकामना सन्देशमा ओमानका महाराजा सुल्तान हाइथाम बिन तारिकको सुस्वास्थ्य एवम् दीर्घायुको कामना तथा ओमानी नागरिकको सुख, शान्ति एवम् सम्बृद्धिको लागि शुभकामना व्यक्त गरेका थिए। ओमानमा नेपाली समुदायले पहिलो पटक आयोजना गरेको कार्यक्रममा करिब सयको उपस्थिति रहेको थियो। कार्यक्रममा ओमान प्रहरीले स्कर्टिङ गरेको थियो।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ८ : ११ बजे

कतारका अमिरलाई ह्युम्यान राइट्स वाचले सम्झायो आप्रवासी कामदारको अवस्था

मंगलबार अपरान्ह नेपालमा अवतरण गर्न लागेका कतारका अमिर शेख तमिम

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरु)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

भद्रपुर– प्रहरीले लागूऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

गण्डकी– पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक

बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का