रोनाल्डोको कीर्तिमानमा रिचार्लिसनको उत्कृष्ट गोल | Khabarhub Khabarhub

विश्वकप फूटबल

रोनाल्डोको कीर्तिमानमा रिचार्लिसनको उत्कृष्ट गोल

कतार विश्वकप फूटबलमा देखिएका र रचिएका ऐतिहासिक गोलका परिदृश्य


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

संसारको सर्वकालीन उत्कृष्ट फुटबल खेलाडी को ? यो एउटा अनुत्तरित प्रश्न हो। धेरैको मतमा तीन पटकका विश्व विजेता पेले, अर्जेन्टिनाका स्टार डिएगो म्यारोडोना, लियोनेल मेसी या पोर्चुगलका क्रिस्टियानो रोनाल्डो। सबैका समर्थकका आफ्ना मत हुनसक्छन्। सबै उत्कृष्ट हुने केही आधार हुन सक्छन्। तर यस पटक चर्चा रोनाल्डोकै छ।

विश्वकप २०२२ को पहिलो खेल खेली रहेका घानका खेलाडी स्तब्ध थिए। त्यो विस्मयकारी हार थियो। उता, पोर्तुगाली खेलाडी मुस्कुराउँदै रङ्गशाला छाडेका थिए। त्यो खेलसँगै सन् २०१६ को युरोपेली च्याम्पियन पोर्चुगलले सुखद सुरुवात मात्र गरेन कप्तान रोनाल्डोले ५ फरक विश्वकपमा गोल गर्ने खेलाडीको रूपमा कीर्तिमान पनि कायम गरे। दोहाको सो रङ्गशालामा ४२ हजार ६ सय जनाले रोनाल्डोको त्यो सफलता हेरेका थिए। पहिलो हाफमा उनले दुई राम्रा अवसर गुमाएका थिए भने एक गोललाई रेफ्रीले अमान्य घोषित गरेका थिए। उत्तरार्द्धमा टोलीले पेनाल्टी पाए पछि उनले यो सफलता पाएका हुन्।

गोनाल्डो ३७ वर्ष २ सय ९२ दिनको उमेरमा गोल गरेका उनले रोजर मिल्लापछि विश्वकपमा गोल गर्ने दोस्रो पाका खेलाडी भएका छन्।

दोस्रो हाफमा उनले सफलता पाएका थिए। ३७ वर्ष २ सय ९२ दिनको उमेरमा गोल गरेका उनले रोजर मिल्लापछि विश्वकपमा गोल गर्ने दोस्रो पाका खेलाडी भएका छन्। उनी भन्दा बढी उमेरमा सन् १९९४ मा क्यामरुनका रोजर मिल्लाले ४२ वर्ष ३९ दिनमा गोल गरेका थिए।

आफ्नो देशबाट सबैभन्दा कम तथा सबै भन्दा बढी उमेरमा विश्वकपमा गोल गर्ने उनी तेस्रो खेलाडी भएका छन्। उनी भन्दा अघि क्रोएसियाका इभिसिया सिलिक तथा डेनमार्कका माइकल लाउड्रपले गोल गरे।

विश्वकप र युरो कपमा समेत गरी रोनाल्डोले लगातार १० ठूला प्रतियोगितामा गोल गरेका छन्। उनले यो कीर्तिमान कायम गर्दा घानाका खेलाडीको भने असन्तुष्ट थिए। उनीहरूले पेनाल्टी निर्णय गलत भएको प्रतिक्रिया दिएका छन्। जे होस यो कीर्तिमान सायद नै भङ्ग हुनेछ। यसका बाबजुद उनीहरूले बारम्बार रोनाल्डो आदर्श खेलाडी भएको भने बताएका छन्।

पोर्चुगलले रोनाल्डोको कीर्तिमानसहित विजय यात्रा सुरु गरेकै दिन ब्राजिलले राम्रो प्रदर्शन गरेको थियो। सर्बीयासँगको खेलमा जित हात पारे पनि ब्राजिलले केही धक्का भने नसहेको होइन। घाइते भएका स्टार खेलाडी नेइमारले अर्को दुई खेल गुमाउने भएका छन्। ब्राजिलका लागि पहिलो खेलमा रिचार्लिसनले उत्कृष्ट प्रदर्शन गरे। भिनियस जुनियरको प्रहार गोलरक्षक भान्जा मिलिनकोभिकले बचाए पछि रिचार्लिसनले नजिकैको दुरीबाट गोल गरेका थिए। ब्राजिलको जितमा रिचार्लिसनले गरेको दोस्रो गोल त साँच्चै सनसनीपूर्ण थियो। सो गोल विश्वकपको उत्कृष्ट गोल पनि हुनसक्ने छ।

पोर्चुगलले रोनाल्डोको कीर्तिमानसहित विजय यात्रा सुरु गरेकै दिन ब्राजिलले राम्रो प्रदर्शन गरेको थियो। तर घाइते भएका स्टार खेलाडी नेइमारले अर्को दुई खेल गुमाउने भएका छन्। ब्राजिलका लागि पहिलो खेलमा रिचार्लिसनले उत्कृष्ट प्रदर्शन गरे।

टोटनहाम हस्टस्पर्सका रिचार्लिसनका लागि यो गोल थुप्रै कारणले महत्त्वपूर्ण छ। कतार विश्वकपमा उनले मौका पाउने कुरा नै सन्देहको घेरामा थियो। आर्सनलका गाब्रयिल जेसस र रियल म्याड्रिडका रोड्रेगो पहिलो प्राथमिकतामा पर्ने अपेक्षा गरिएको थियो। चोटका कारण लिभरपुलका रोबर्टो फर्मिन्हो विश्वकप टोलमा नै अटाएका थिएनन्।

पहिलो खेलमा नै सर्बीयाले रक्षा पत्तिलाई कसिलो बनाएपछि ब्राजिलका लागि यो भत्काउन धेरै कठिन बनेको थियो। ब्राजिलियन फुटबलको आकर्षण सो खेलमा देखिएको थिएन। यसैबीच एक पटक रिचार्लिसनले गरेको गोल साँच्चै सनसनी मच्चाउने खालको मात्र थिएन, धेरै पटक यसलाई मानिसहरू हेर्न चाहने खालको थियो। उनी ब्राजिलका लागि नौ खेल खेल्दै सातौँ गोल गर्न सफल भएका हुन्। सन् २०१४ मा नेइमार पछि उनी डेब्युमा दुई गोल गर्ने पहिलो ब्राजिलियन बनेका हुन्।

रिचार्लिसन यसै सिजन एभरटनबाट टोटनहाम पुगेका हुन्। इंग्ल्यान्ड फुटबलका मसिहा एलन सियरर भने उनी टोटनहामका लागि अझै खाता खोल्न असफल रहे पनि ब्राजिलका लागि भने सानदार प्रदर्शन गर्न सफल रहेको प्रतिक्रिया दिएका छन्। बलमाथि सही समयमा आँखा लगाइ हाल्न सक्ने र सही स्थानमा रहेर खेल्न सक्ने उनको खुबीका कारण नै रिचार्लिसन अबका दिनमा अझ बढी भरपर्दो खेलाडी हुन सक्ने छन्। पक्कै पनि खेलमा अन्य ब्राजिलियनले राम्रो नखेलेको भने होइनन्। नेइमार बलसँगको कुदाइमा एकदमै बढी व्यस्त थिए। भिन्सियसले सबै रक्षा पत्ति भत्काउन बललाई आफ्नो नियन्त्रणमा राखेका थिए। ब्राजिलका लागि अग्र भागमा थुप्रै विकल्प थिए। त्यसका बाबजुद प्रशिक्षकले राखेको विश्वासलाई उनले पुरा गरे।

एन्टेनियो भ्यालेन्सिया विश्वकपमा छाएका अर्का स्टार हुन्। पहिलो खेलमा आयोजक कतारलाई हराएको इक्वेडरले दोस्रो खेलमा नेदरल्यान्ड्ससँग बराबरी गरेको छ। त्यसो त खालिफा अन्तार्राष्ट्रिय रङ्गशालाको दृश्य भने फरक थियो। पहिलो हाफदेखि नै इक्वेडर रक्षात्मक बन्दै डच टोलीलाई गोल गर्नबाट रोक्ने प्रयासमा मात्र थियो। दोस्रो हाफको सुरुवातमै इक्वेडरले गोल गरेपछि खेल बराबरीमा सकिएको हो। भ्यालेन्सियाका लागि सो खेल पूर्ण रूपमा सफल हुन सकेन। सबै भन्दा महत्पूर्ण पाटो त डच टोलीले खेलको दौरान एक पटक मात्र टार्गेटका बल प्रहार गरेको थियो। सोही प्रहार गोलमा परिणत भएको थियो।

केही अपेक्षा गरिएका खेलाडीका लागि भने यो विश्वकप खराब पनि हुन सक्ने छ। वेल्सले पहिलो खेलमा अमेरिकासँग बराबरी गरेको छ। दोस्रो खेलमा भने इरानसँग पराजित भयो। त्यसै पराजयका कारण वेल्सको अर्को चरण प्रवेशको सम्भावना कम बनेको छ। दुई खेलमा एक अङ्क मात्र जोडेको वेल्सले दोस्रो चरण प्रवेशका लागि अन्तिम खेलमा आफ्नो समूहको सबैभन्दा बलियो टोली इंग्ल्यान्डलाई हराउनै पर्ने हुन्छ। त्यत्तिले मात्र पनि पुग्दैन। अर्को खेलका नतिजा पनि आफूले चाहेको जस्तो हुनु आवश्यक छ।

भ्यालेन्सियाका लागि सो खेल पूर्ण रूपमा सफल हुन सकेन। सबै भन्दा महत्पूर्ण पाटो त डच टोलीले खेलको दौरान एक पटक मात्र टार्गेटका बल प्रहार गरेको थियो। सोही प्रहार गोलमा परिणत भएको थियो।

वेल्ससँगको खेलमा इरानलाई जित दिलाउने क्रममा रोजबेह चेस्मीको भूमिका साँच्चै महत्त्वपूर्ण रहेको थियो। चेस्मी ७८ औ मिनेटमा बेन्चबाट मैदानमा प्रवेश गरेका थिए। तीनै चेस्मीले इन्जुरी समयमा गोल गरे। इरानले दुवै गोल इन्जुरी समयमा गरेको हो। अन्तिम सेकेन्डमा वेल्सका खेलाडी जवाफी गोलको प्रयासमा रहेको समयमा इरानले प्रत्याक्रमणको क्रममा गोल गरेको हो।

जापानका लागि गत विश्वकप बिर्सन लायक थियो। बेल्जियम हराउँदै क्वाटर फाइनलका नजिक पुगेको जापानले अन्तिम केही मिनेट आफूलाई सम्हाल्न सकेन। यस पटक पहिलो चरणको खेलमा जापानले एउटा बलियो प्रतिस्पर्धीलाई हराएको छ।

पहिलो हाफमा प्रत्याक्रमणलाई प्राथमिकता दिएको जापान ८३ औं मिनेटसम्म १–० ले पछि थियो। त्यसै समयमा जापानले केही खेलाडी परिवर्तन गरेको थियो सोही समयमा रित्सु डोनले उत्कृष्ट गोल गर्दै जापानलाई खेलमा फर्काए।यी यावत उत्कृष्ट प्रदर्शनबीच फेरि पनि रोनाल्डोको गोल पेनाल्टीमै भली किन नहोस्, त्यो विशेष छ।

पहिलो खेल खेल्दा दुई खेलाडी रोनाल्डो र रिचार्लिसन विशेष रहे। रिचार्लिसनको गोल सायद यो विश्वकप सकिँदासम्म पनि उत्कृष्ट गोलकै रूपमा रहने छ।

यो विश्वकप अझ केही साता चल्ने छ। यी केही सातामा संसारका सबै उपाधि जितेर विश्वकप जित्न नसकेका मेसी या रोनाल्डो मध्य कसैले आफ्नो देशलाई विश्वकप दिलाउन सक्छन् या सक्दैनन् भन्ने चर्चाको प्रमुख विषय हो।

अन्य खेलाडीको हकमा पनि बाँकी रहेका खेल उत्तिकै महत्त्वपूर्ण छन्। तर, सबैले पहिलो खेल खेल्दा दुई खेलाडी रोनाल्डो र रिचार्लिसन विशेष रहे। रिचार्लिसनको गोल सायद यो विश्वकप सकिँदासम्म पनि उत्कृष्ट गोलकै रूपमा रहने छ। स्रोत : बीबीसी, गोल डटकम

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ९ : ४४ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द