नेपालसँगै विदेशमा रेकर्ड बनाइरहेको ‘महापुरूष’ | Khabarhub Khabarhub

नेपालसँगै विदेशमा रेकर्ड बनाइरहेको ‘महापुरूष’


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘महापुरूष’ प्रदर्शनको पाँचौ हप्तामा प्रवेश गरेको छ । नेपालसँगै अमेरिका, अष्ट्रेलियामा प्रदर्शन भइरहेको फिल्म गत सातादेखि युरोप र आउँदो सातादेखि मध्यपूर्वी देशहरूमा प्रदर्शन हुँदैछ । नेपाली दर्शकबाट पाइरहेको समीक्षाले विदेश प्रदर्शनलाई मद्दत पुगेको छ । यस्तै, अमेरिकाको डलासबाट सुरू भएको प्रदर्शन समेत पाँचौ हप्तामा छ । फिल्म हेर्ने दर्शकमार्फत प्रतिक्रियाले नै यसको पब्लिसिटी भइरहेको छ । यसैले गर्दा फिल्म ‘५१ औँ’ दिनतर्फ लम्किरहेको छ ।

फिल्म हेर्न स- परिवार हलसम आउने हुँदा पनि यसको दर्शक बढिरहेका छन् । चाडपर्व सकिएपछि प्रदर्शनमा आएको फिल्मलाई विदेशी फिल्मले समेत असर गरेको छैन । हप्तैपिच्छे प्रदर्शनमा आउने विदेशी फिल्मले शुक्रबार र शनिवार शोमा असर गरे पनि दर्शकको खोजीमा परेपछि ‘महापुरुष’ उही लयमा फर्किरहेको छ ।

अर्थात् फिल्मले प्राप्त गरेको शोहरू दिउँसो र रात्रिसमयको हाउसफुल छन् । यसैले गर्दा पनि पहिलो दिन पाएको शो र प्रदर्शनको ३०औँ दिनमा पाएको शोहरूमा भिन्नता छैन । चुनावपछिको माहोल र विश्वकप फुटवलसँगै जाडोले व्यापारमा असर गरेको छैन । ‘महापुरूष’ले पाइरहेको शो संख्या गन्ने हो भने केही फिल्मलाई पहिलो दिन मल्टिप्लेक्स यत्तिको शो पाउन मुस्किल पर्ने गर्छ ।

नेपालमा मात्र नभई संयुक्तराज्य अमेरिकामा समेत यसले ५१ औँ दिनको यात्रा तय गर्दैछ । स्थानीय वितरक नेपाल वानवान इन्टरटेनमेन्ट एलएलसीका प्रतीक सुवेदीले नेपालसँगै रेगुलर प्रदर्शन भइरहेको जानकारी दिए । ‘हामीले नेपाल झैँ अमेरिकाको विभिन्न सहरहरूमा रेगुलर प्रदर्शन गरिरहेका छौँ ।

अहिलेसम्म दुई सय भन्दा बढी शो भइसकेका छन् । यो फिल्म ०२३ को सुरुवातसम्म प्रदर्शन हुने अनुमान गरेको छु’, वितरक सुवेदीले भने । उनले दैनिक तीनदेखि चार शो राखिएकोमा भरिभराउ भइरहेको बताए । उत्तरी अमेरिकामा सबै भन्दाबढी प्रदर्शन हुने नेपाली फिल्मको रेकर्ड बनाइसकेको फिल्मले क्यानाडासमेत प्रदर्शनको आरम्भ गरिसकेको छ ।

यस्तै, फिल्म अष्ट्रेलियाको विभिन्न सहरमा प्रदर्शन भइरहेको छ । एमएसएम इभेन्ट्स सिड्नी, क्यानबेरा, तास्मानिया, मेलबर्न लगायतका सहरहरूमा प्रदर्शन गरिसकेको छ । २० नोभेम्बरदेखि युरोपका विभिन्न सहरहरूमा यसलाई किरण गुरुङले प्रदर्शन गरिरहेका छन् । मध्यपूर्वी देशहरू अन्तर्गत संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, कतारमा आउँदो डिसेम्बर १ देखि प्रदर्शन हुँदैछ ।

मिड्ल इस्टका देशहरूमा प्रदर्शनको अधिकार लिएका निप फिल्म्सका संचालक रमेश ढकालले भक्स, नोभा, स्टार, रोयल, ओस्कार, सिनेको, सिनेपोलिस लगायतका सिनेमाजहरूमा फिल्म ‘महापुरूष’ प्रदर्शन हुने जानकारी दिए । ‘कोभिड पश्चात प्रदर्शन भइरहेका फिल्म मध्य कबड्डी ४ पश्चात महापुरूषको डिमाण्ड धेरै छ । यसलाई विदेशी फिल्म झैँ रेगुलर शोमा प्रदर्शन गरेका छौँ । 

अन्य फिल्म झैँ बक्सअफिसमा टिकेट लिएर यहाँ समेत फिल्म हेर्न पाइन्छ’, वितरक ढकालले भने,‘विस्तारै यहाँ नेपाली फिल्मको दर्शक बढिरहेका छन् । राम्रो फिल्महरू आउँदा बजार विस्तारमा टेवा पुग्छ । म विगत केही वर्षदेखि यहाँ फिल्म प्रदर्शनको लागि अहोरात्र मेहनत गरिरहेको छु ।’

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा रहेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ३ : १० बजे

कश्मीरमा ठूलो आक्रमण- घुम्न गएका पर्यटकलाई चरमपन्थीले नाम सोधीसोधी हानेका थिए गोली

कश्मीर- सन् २०१९ मा पुलवामामा भएयताकै सबैभन्दा ठूलो चरमपन्थी आक्रमण

कश्मीरमा पर्यटकको समूहमाथि चरमपन्थीको आक्रमण, नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु

कश्मीर- भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला

शिक्षक र राजावादीको आन्दोलनले ओझेलमा उद्योगी मेला, सबै स्टल बुकिङ हुनै मुस्किल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले वैशाख २५ गतेदेखि आयोजना गर्न

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता, भारतीय मन्त्री खट्टरले भने- नयाँ कोसेढुङ्गा

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्

आन्दोलित शिक्षकलाई निजामती कर्मचारीले साथ दिँदा सरकारलाई धक्का !

काठमाडौं- शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि जारी आन्दोलनको निचोड