सुनसरी ४ मा कार्की र कुसियैतबीच रोचक प्रतिस्पर्धा जारी, ८२ मतले कार्कीको अग्रता « Khabarhub

सुनसरी ४ मा कार्की र कुसियैतबीच रोचक प्रतिस्पर्धा जारी, ८२ मतले कार्कीको अग्रता


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइतबार सम्पन्न प्रतिनिधि सभाको अधिकांश स्थानको मतपरिणाम आइसकेको छ । यद्यपि केही क्षेत्रको नतिजा भने अझै आइसकेको छैन ।

सुनसरी ४ मा पनि अझै नतिजा आइनसकेको छैन । यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ ।

केहीबेर अघिसम्म कुसियैतले कार्कीविरुद्ध झिनो अग्रता कायम गरेपनि पछिल्लोपटक पुनः कार्कीले कुसियैतलाई उछिनेका छन् ।

पछिल्लो मतगणनाअनुसार कुसियैतले २३,२६६ मत ल्याएका छन् भने कार्कीले २३,३४८ मत ल्याएका छन् । यसअनुसार ८२ मतले कार्की कुसियैतभन्दा अगाडि छन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ३ : ४२ बजे

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग