१४ वर्षअघि मुम्बईमा भएको हमलाको विरोध गर्दै पाकिस्तानी दूतावासअगाडि प्रदर्शन « Khabarhub

१४ वर्षअघि मुम्बईमा भएको हमलाको विरोध गर्दै पाकिस्तानी दूतावासअगाडि प्रदर्शन


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- १४ वर्षअघि भएको मुम्बई हमलाको विरोध गर्दै राष्ट्रिय एकता अभियानले शनिबार काठमाण्डौंस्थित पाकिस्तानी दूतावासअगाडि प्रदर्शन गरेको छ ।

अभियानका अध्यक्ष विनय यादवको अगुवाईमा भएको प्रदर्शनमा मुम्बईमा भएको आतंकवादी आक्रमणको विरोध गरिएको छ । आजकै दिन १४ वर्षअघि भएको आतंककारी हमलाको मूल उदेश्य हिन्दू धर्मावलम्बीलाई मार्ने रहेकोले सो घटना नेपालको राष्ट्रिय सुरक्षामा चुनौती समेत रहेको भन्दै सावधान गराइएको थियो ।

प्रदर्शनका क्रममा ‘जिहादको नाममा हिन्दुलाई मार्ने कार्य बन्द गर, आतंकवादलाई प्रश्रय दिने मुलुक अपारधी हो, विश्व शान्तिको शत्रु पाकिस्तान–होसियार, आतंकी परिचालन बन्द गर, आतंकी अखडा बन्द गर, मानवअधिकारको उल्लङ्घन बन्द गर, कट्टरपन्थी पाल्ने देश मुर्दावाद, विश्वमा शान्ति कायम गर, विश्वभरका हिन्दू एक हौ’ लगायतका नारा लगाइएको थियो ।

२००८ को नोभेम्बर २६ मा आतंककारी संगठन लस्कर–ए–तैयबाका दश प्रशिक्षित सशस्त्र लडाकुले मुम्बईका धेरै ठाउँ र प्रतिष्ठित भवनहरूमा आक्रमण गरेका थिए । चार दिनसम्मसम्म चलेको हमलामा १६० जनाभन्दा बढी मानिस मारिएका थिए ।

आक्रमणकारीले मुम्बईका दुई पाँचतारे होटल, अस्पताल, रेलवे स्टेशन र यहुदी केन्द्रलाई निशाना बनाएका थिए ।

मुम्बई प्रहरी र अनुसन्धान अधिकारीहरूका अनुसार आक्रमणकारीहरू दुई समूहमा विभाजित थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ६ : ४४ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा