राजनीति

अधिकांश क्षेत्रको मतपरिणाम सार्वजनिक, ५१ स्थानमा कांग्रेस र ३८ मा एमालेको जित

By खबरहब

November 26, 2022

काठमाडौँ- आइतबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अधिकांश क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । हालसम्म १४९ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

पछिल्लो मतपरिणामअनुसार ५१ स्थानमा नेपाली कांग्रेस विजयी भएको छ भने ५ स्थानमा अग्रता लिएको छ । त्यस्तै, नेकपा एमालेले ३८ स्थानमा जित हासिल गर्दा ४ स्थानमा अग्रता लिएको छ ।

त्यसैगरी, १७ स्थानमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रले अन्य एउटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।

यता, रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित हासिल गरेको छ भने अन्य एक स्थानमा अग्रता कायम गरेको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ६ स्थानमा जित हासिल गरेको छ भने एउटा क्षेत्रमा अग्रता कायम गरेको छ । अन्य पार्टी तथा स्वतन्त्र सांसदहरुले अरु ३० स्थानमा जित हासिल गरेका छन् ।