डेनमार्कविरुद्ध फ्रान्सको जित, एमबाप्पेको दुई गोल | Khabarhub Khabarhub

डेनमार्कविरुद्ध फ्रान्सको जित, एमबाप्पेको दुई गोल


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कतारमा जारी फिफा विश्वकमा फ्रान्सले दोस्रो जित हात पारेको छ । शनिबार भएको खेलमा डेनमार्कलाई २–१ ले पराजित गर्दै फ्रान्सले जित हात पारेको हो ।

फ्रान्सको जितमा फरवार्ड किलीयन एमबाप्पेले दुई गोल गरे । भने डेनमार्कको तर्फबाट आन्द्रेस क्रिस्टेन्सनले एक गाेल फर्काएका थिए ।

प्रतिस्पर्धानत्मक बनेको खेलको ६१ औं मिनेटमा एमबाप्पेले सुन्दर गोल गरेका थिए । त्यसको सात मिनेट वित्न नपाउँदै ६८ औं मिनेटमा डेनमार्कले बराबरी गोल फर्कायो । आन्द्रेस क्रिस्टेन्सनले कर्नरमा आएको बललाई हेडरमार्फत गोल गरेका थिए । त्यसपछि खेलको ८६ औं मिनेटमा फ्रान्सले एमबाप्पेकै गोलमा अग्रता लियो ।

यस जितसँगै समूह डी बाट फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ । फ्रान्स जारी विश्वकपमा समूह चरण पार गर्ने पहिलो टोली पनि बन्यो । फ्रान्सको २ खेलमा ६ अंक छ । भने  डेनमार्कको १ अंक छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ११ : ५४ बजे

आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने