बच्चाले छिटो श्वास फेरे तुरुन्तै अस्पताल लैजानुपर्छ | Khabarhub Khabarhub

चिसोमा निमोनियाको जोखिम

बच्चाले छिटो श्वास फेरे तुरुन्तै अस्पताल लैजानुपर्छ



काठमाडौँ- निमोनियाको संक्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकालाई हुन्छ। समयमा निमोनियाको उपचार नहुँदा धेरै बालबालिकाको मृत्यु गराउने प्रमुख रोगमध्ये निमोनिया मुख्य हो । निमोनिया धेरैजसो सूक्ष्म कीटाणु जस्तै विभिन्न ब्याक्टेरिया, भाइरस र फंगसले गराउँदछन् । नेपाल सरकारले अहिले धेरै खोपहरू निःशुल्क दिएको छ । निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको सङ्क्रमण हो, जसमा फोक्सोका कोषहरू संक्रमित भएर श्वासप्रश्वासमा समस्या हुन्छ । यसै विषयमा आधारित भएर खबरहबका लागि विना न्यौपानेले डा. अमृत घिमिरेसँग गरेको कुराकानीको सम्पादित अंश :

यो निमोनियाको समस्यालाई हामीले कसरी बुझ्ने ?
साधारण भाषामा भन्दा बच्चाहरूको छातीमा हुने इन्फेक्सनलाई निमोनिया भनिन्छ । निमोनिया सूक्ष्म कीटाणु जस्तै विभिन्न ब्याक्टेरिया, भाइरस र फङ्गसले गराउँदछन् । बच्चालाई ज्वरो आएको छ, छिटो छिटो श्वास फेर्दछ । जस्तो एक वर्ष भन्दा सानो बच्चाले एक मिनेटमा ६० पटक भन्दा कम श्वास फेर्नु पर्दछ । दुई वर्ष भन्दा मुनिको बच्चालाले ५० पटक भन्दा कम श्वास फेर्नु पर्दछ । दुई वर्ष भन्दा माथिको बच्चाले ४० पटक भन्दा कम श्वास फेर्नु पर्दछ । छिटो छिटो श्वास फेर्याे बच्चाले भने निमोनिया भएको भन्न सकिन्छ । त्यस्तो अवस्थामा नजिकैको स्वास्थ्य चौकीमा लैजानु पर्दछ ।

श्वास छिटो छिटो फेर्नु निमोनिया मात्र हो ?
हैन, अरू कारणले पनि हुन्छ । त्यसैले श्वास छिटो छिटो फेर्नु कुनै सामान्य अवस्था होइन । तुरुन्त अस्पताल लानु पर्दछ ।

घरमा केही गर्न सकिँदैन ?
कहिलेकाहीँ सामान्य निमोनियाँ हुँदा ज्वरो आउँछ । आफै निको हुन्छ । कतिपय ब्याक्टेरियाले गर्दा भएको निमोनिया सामान्य औषधि प्रयोग गर्दा निको हुन्छ । घरमा राखेर नै उपचार गर्नु पर्दछ । तर एकपटक डाक्टरको सल्लाह लिनु पर्दछ ।

निमोनियाको प्रकार पनि हुन्छ ?
ब्याक्टेरियाले गराउने हुन्छ, भाइरसले गराउने निमोनिया हुन्छ। भाइरसले गराउने निमोनियामा सामान्य ज्वरो आउँछ, बच्चा खेलिरहेको हुन्छ। यस्तो निमोनिया आफै हराएर जान्छ। ब्याक्टेरियाले गराउने निमोनियामा बच्चा सार्हाे हुन्छ, ज्वरो १०२ भन्दा माथि जान्छ, एन्टिबायोटिक नै प्रयोग नगर्नु पर्दछ र यस्तो निमोनियामा सार्हाे हुने सम्भावना बढेर जान्छ। अरू निमोनियाहरू सार्हाे हुँदैनन् खोकीहरू लाग्ने हुन्छ आफै निको भएर जान्छन् ।

बच्चा सानै हुँदा भएको निमोनिया पछि गएर दोहोरिने सम्भावना हुन्छ ?
दोहोरिने भनेको संक्रमण भयो भने दोहोरिन्छ । तर एक पटक भएको निमोनिया निको हुन्छ । वर्षमा तिन पटक भन्दा बढी निमोनिया भनेको छ, छातीको एक्स–रे मा दाग देखिएको छ भने त्यस्तो निमोनियालाई रिकरेन्ट निमोनिया भन्छौँ । त्यसलाई उपचार गर्ने विधि र कारण पत्ता लगाउने विधि फरक हुन्छ । अरू सामान्य निमोनियाहरू एक पटक भए पछि पछि हुँदैन । बच्चा सानै हुँदा निमोनिया भएर निको भए पछि त्यसले कुनै असर गर्दैन, पूर्ण रूपमा निको हुन्छ ।

निमोनिया भए पछि के–के कुरामा ध्यान दिने त ?
पहिला त निमोनिया नै भएको हो कि हैन थाहा पाउन डाइग्नोसिस् गर्नु पर्दछ । लक्षणहरू देखिए पछि मान्छेहरू फार्मेसिमा गएर औषधि ल्याएर खुवाउने चलन छ । त्यस्तो गर्दा झन् असर गर्न सक्छ । त्यसैले अस्पतालमा जाने नियमित एन्टिबायोटिक खाने, समय समयमा फलो अपमा जानु पर्दछ । बच्चाले तारन्तार उल्टी गरेको छ , बच्चाले पिसाब गरेको छैन, बच्चाले खाएको छैन, बेहोस भएको छ ,श्वास छिटो छिटो फेरेको छ, भने तुरुन्त अस्पताल जानु पर्दछ । कहिले काँहि निमोनिया बिग्रिएर बच्चालाई अस्पतालमा भर्ना गर्नु पर्ने पनि हुन सक्छ । निमोनिया बिग्रेपछि ब्रेनमा असर गर्दछ, मेनेनजाइटिस हुन सक्छ । तागतिलो पोसिलो खाना खुवाउनु पर्दछ । भाइरल निमोनिया धेरै हुने गर्दछ किने भने यो एकबाट अर्कोमा सर्छ । त्यसैले हामीले एक जान बच्चाको केयर गरेर पछि राम्रोसँग हात धुने,एउटा बच्चा बिरामी छ भने अरू बच्चालाई सागै नराख्ने । अहिले सरकारले पनि धेरै खोपहरू ल्याएको छ, जस्तो निमोकोकल भ्याक्सिन, एच इन्फ्लुन्जाका भ्याक्सिनहरू लगाउनु पर्दछ । इन्फ्लुन्जाका भ्याक्सिनहरू ६ महिना भन्दा माथिको सबै बच्चालाई लगाउँदा हुन्छ । यो पहिलो वर्ष दुई पटक लगाउने र पछि वर्षमा एक पटक लगाउँदा हुन्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ७ : २७ बजे

नवनियुक्त तीन मन्त्रीलाई बधाई दिँदै एमाले नेता बस्नेतले उठाए तीन प्रश्न

काठमाडौँ– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा नियुक्त तीन मन्त्रीलाई नेकपा

खाँदबारीमा खानेपानी आपूर्ति ठप्प

किमाथाङ्का– सदरमुकाम खाँदबारीमा खानेपानी आपूर्ति बन्द भएको छ । आइतबार

चोरिएका सामग्री फिर्ता गर्न मुख्यमन्त्री कार्यालयको आग्रह

गण्डकी- जेनजी प्रदर्शनका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित

शपथपछि आन्दोलनका घाइते भेट्न अस्पतालमा कुलमान (तस्बिरहरू)

काठमाडौँ- राष्ट्रपतिको कार्यालय शीतल निवासमा मन्त्री पदको शपथ लिएपछि नवनियुक्त

हामी खाडलमा पर्‍यौं, अब दलहरु चुनावमा गइदिए हुन्थ्यो

काठमाडौं– भदौ २३/२४ गतेको जेन–जी पुस्ताको आन्दोलनले ओली सरकार ढालेर