गृहयुद्धले क्षतविक्षत परिवारको दर्दनाक कथा « Khabarhub

म्यानमारमा मारामार

गृहयुद्धले क्षतविक्षत परिवारको दर्दनाक कथा

‘जहाँ आफ्नै बाबुछोराले एक अर्कालाई गोली हान्छन्’


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘मैले मौका पाएँ भने पहिला तिमीलाई नै मार्छु,’ बाबाले आफ्नै छोरालाई भनेको कथन हो यो। अहिले म्यानमारमा सैन्य सत्ता छ। सेना र प्रजातन्त्र र अधिकारको निम्ति लड्नेको बिचमा ठुलो झडप जारी छ। सन् २०२१ को फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएपछि बी क्योर यीन जनपक्षीय सेनामा आबद्ध भए। उनको आवबद्धतासँगै पारिवारिक वातावरण छताछुल्ल र विध्वंस नै भयो। उनकै छोराले संरक्षण गरी रहेको सैन्य सत्ताको विरुद्धमा उनी सङ्घर्ष गरी रहेका छन्।

‘तिमिले मलाई बाबु सम्झेर एक पटक मौका दिन सक्छौ। तर, म सक्दिन’ उनले आफ्नो छोरा नेईलाई भने। उनले आफूहरू छोराकै बारे चिन्तित भएको समेत बताए। यसको जवाफमा छोराले पनि आफू बाबुकै चिन्तामा रहेको र उनकै प्रेरणाले सेना भएको समेत बताए। बोरका जेठा छोराले कुनै सम्पर्क गरेका छैनन्।

ब्योरले सेनाले धेरै घरको संरचना नै बिगारेको आरोप समेत लगाए। उनले कान्छो छोरालाई लगातार सैनिकको जागिर छाड्न अपिल गरे। उनको मतमा आम मानिसलाई जथाभाबी मार्नु, अमानवीय र गैर न्यायिक काम गर्ने तथा महिलाको बलात्कार गर्ने लगायत कुकर्म सेनाले गरेका छन्। यस कारण उनको छोरा सेनामा यथावतै रहे उनी प्रतिको आक्रोश अझ बढ्ने निश्चित नै छ।

देशै भरी सैन्य सत्ताले गरेको ज्यादतीले विरोध गर्नुका बाबजुद सेनाले समेत सरकारको पक्षमा आफ्नो धारणा राखी रहेका छोरा अडानमा छन्। बाबा ब्यारले सेनामा रेका दुवै छोरालाई बारम्बार सेनाको जागिर छाड्न अनुरोध गरे पनि नछाडेका कारण यो आक्रोश निम्तिएको बताए।

ब्योर र उनकी श्रीमती यिन यिन मिन्टका आठ सन्तान छन्। यिनै मध्येका दुई सेनामा आबद्ध भएको समयमा यी दम्पतीको खुसीको कुनै सीमा नै थिएन। पछिल्लो समय त्यही जोडीका लागि ती दुई छोरा सबै भन्दा तनावको विषय बनेका छन्।

उनले छोराहरू सेना भएको गर्वको विषय बताउँदै छोराहरू जनताको चाहना चलेका भए अहिले फूलको गुच्छा लिएर स्वागत गर्नु अवस्था आइसक्ने बताएका थिए। मिन्टले परिवारका सबै सदस्यले एकदमै दुख गरेर हुर्काएको तथा शिक्षा दिएकै कारण दुई सन्तान युद्धमा आबद्ध हुन सरिक भएको बताइन्।

गृहयुद्ध भन्दा पहिले अवस्था फरक थियो। त्यहाँ उनीहरूले गरेको जागिर गर्वको विषय मात्र थिएन, उनीहरू जस्तै धेरै जनाको जीपन स्तर उकास्ने माध्यम पनि बनेको थियो।

गत वर्ष सेनले गरेको राजनीतिक हस्तक्षेप पनि नराम्रोसँग भासिएको छ। उनले अहिलेको गतिविधिले छोरा नै भए पनि त्यस किसिमको खराब गतिविधिलाई कम गर्न सबैले साथ दिनै पर्ने बताएका छन्। ‘तिनीहरू प्रदर्शनकारीलाई किन दुख दिन्छन् ? तिनीहरू मानिसहरूलाई किन यातना दिन्छन् ?’ जङ्गलमा पाइने जङ्गली बदाम चपाउँदै उनले भने। यो सोच्दै जाँदा आफ्नो मुटु नै छिया छिया भएको समेत उनले बताए।

यो युद्ध भन्दा अघि ब्योरले बन्दुक छोएका पनि थिएनन्। एक किसानका छोरा उनी अहिले युद्धका लागि तयार पारिएको एउटा फोर्सको हतियार समेत बोक्ने स्थानमा जिम्मेवारी पुरा गरी रहेका छन्। उनीहरूले पिपुल्स डिफेन्स फोर्स (पीडीएफ)को सदस्य भएको कारण यो सबै भएको बिताएका छन्।

उनले सेनालाई कुकुरको नाम दिन चाहन्छन्। म्यानमारलाई एकदमै राम्रोसँग प्रयोग गर्ने एउटा घिनलाग्दो शब्द पनि उनी माथि प्रयोग हुन्छ। ‘जब कुकरले निहत्था मानिसको ज्यान लिन्छ। बारम्बार यातना दिन्छ र महिलालाई एक्लै भेट्यो की हातपात गर्छन्, तब घरको रक्षा गर्नु जिम्मेवारी पनि हो’ छोरा प्रतिको रिसका कारण उनले भनेका छन्।

उनीहरूका चार सन्तान भने आमाबाबुको साथमा हिँडी रहेका छन्। यो परिवारले युद्धको क्रममा धेरै समस्या भोगको छ। फेब्रुअरी महिनाको अन्तिम तीरको घटना हो यो। बिहानका तीन बजेको थियो। सेना उनलाई पक्रन आइरहेको उनीहरूले फोनबाट थाहा पाए।

‘सेना हामीलाई गिरफ्तार गर्न आउँदै छ। हामीलाई बाच्ने उपाय चाहियो’ यो खबर पछि माहिलो छोरा मीन अङले सबैभन्दा पहिले घर छाडेका थिए। उनीहरूले बिस्तारै मोटरसाइकल चढेर त्यो स्थान छाडे। बो क्योर मीन अङको पछि लागेर त्यो स्थान छाडे। धेरै अगाडी एम्बुसमा परेको समयमा पनि बाचेको स्थानलाई सुरक्षित ठानेर उनीहरू त्यहाँ पुगेका थिए।

‘त्यस समयमा ओभरटेक गर्नु पर्ने केही थिएन। बिचमा कुनै रुख या अन्य केही थिएन, अर्का छोरा मीन नियाङले भने। बिच बाटोमै उनीहरू माथि गोली प्रहार गरिएको थियो। प्रतिकारमा उनीहरूले पनि नगरेका होइनन्। तर, उनीहरूको गोली नै पड्किएन। त्यस पछि उनीहरूको मोटरसाइकलको गति बढेको थियो। त्यसमा माहिलो छोरा मारिए।

यसको केही घण्टा पछि सेनाले झडपमा १५ जना मारिएको भन्ने सूचना प्रकाशित गरेको थियो। ‘मेरो छोराले मलाई राम्रोसँग स्याहार गरेको थियो’ आमाले विगत सम्झँदै भनिन ‘उसले मेरा लागि भान्छा कोठा सफा गर्छ। उसले मेरा सामग्री जम्मा गर्छ। उ मेरा लागि साँच्चै असल थियो,।’

जुन महिनामा सेनाले उनीहरूका घरमा आगो लगाएको थियो। त्यस समयमा सेनाले १ सय ५० घरमा एकै पटक आगो लगाएको हो। सेनाको यो आक्रमणको केन्द्रविन्दु मध्य म्यानमार थियो। सेनाले ब्यो क्योर विपक्षी सेनामा रहेको भूमिकाबारे प्रस्ट जानकारी लिएको थियो। उनको छोरा सेनामै भए पनि उनीहरूले कुनै दया राख्न आवश्यक ठानेनन्।

त्यसै आगोमा उनीहरूले घर गुमेको छ। अहिले एक छोरा गुमाएका छन्। सेनाले म्यानमारको सत्ता लिए यता ११ लाख जनाको ज्यान गएको छ ३० हजार घर जलेका छन्। सेनाले सत्ता लिए यताको दिनमा घटीमा २ हजार ५ सय जना सेनाबाट मारिएका छन्। जेलमा बस्नेहरूको सहयोगी संस्था एसिस्टनेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनरले यो कुरा जानकारीमा ल्याएको हो।

युद्धमा अनुगमन गरी रहेको एस्लेडले सार्वजनिक गरेको तथ्यांक भन्दा मर्नेको सङ्ख्या घटीमा १० गुणा बढी हुने जनाइएको छ। त्यसै युद्धमा मारिएका मीन यङको शव पाउन परिवारले दुई साता प्रयास गरे पनि पाएन। त्यस आमा भाव विभोर भएकी छिन्। आफू ५० वर्ष पार भए पनि आफूले पुत्र वियोग सहनु पर्दाको उनको पिडा भनेर साध्य नै छैन।

ब्योर आफू युद्ध जित्ने कुरामा एकदमै आशावादी मात्र होइन, विश्वस्त छन्। तर, अहिलेको गृहयुद्धको स्वरूप र प्रकृति हेर्दा यो लामो समय जान सक्ने छ।
दुई छोराले सेना त्याग गर्नै मानेनन्। यसै कारण परिवार क्षतविक्षत छन्। उनीहरू आफूहरू सेनाको विरुद्धमा युद्ध गर्न नचाहे पनि यो बाध्यता भएको बताउँछन्। बारम्बार सेनाले गरेको ज्यादती अस्वीकार हुने बताउँदै यसमा सुधारको सम्भावना नै देख्दैनन्।

निनीलाई आफ्नो दाजु मरेको पनि थाहा छ। बाबुले बारम्बार एक पटक घरमा गएर सबै कुरा हेर्नका लागि भने पनि सुनेका छैनन्। त्यसपछि उनले फेरी धम्क्याएकी छोरा त्यस क्षेत्रमा सेनाकै रूपमा आए लास पनि पाउने छैनन्।

म्यानमारमा पछिल्लो समयको विकराल अवस्थाले त्यहाँ धेरै परिवारमा समेत आपसी विभाजन आएको छ। त्यसै विभाजनमध्ये बाहिर आएको एउटा कथा यो पनि हो। जसमा सुरक्षामा लागि सबै परिवर्तित नाम प्रयोग गरिएको छ।

(स्रोत : बीबीसी)

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : ३८ बजे

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई