‘ट्रम्प सार्वजनिक पदमा उम्मेदवार हुन नसक्ने’ « Khabarhub

‘ट्रम्प सार्वजनिक पदमा उम्मेदवार हुन नसक्ने’


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी क्यापिटलमा गत वर्षको आक्रमणको अनुसन्धान गर्ने सांसदहरूले डोनाल्ड ट्रम्पले विद्रोहलाई उक्साएपछि फेरि सार्वजनिक पदमा उम्मेदवार हुन नसक्ने एक अन्तिम रिपोर्टमा निष्कर्ष निकालेका छन् ।

आक्रमणको छानबिन गर्ने संसदीय समितिले यसअघि नै पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ । विद्रोहलाई उक्साउने, आधिकारिक कारबाहीमा अवरोध पुर्‍याउने, अमेरिकी सरकारलाई धोका दिने षड्यन्त्र र झूटा बयान गरेकोमा ट्रम्पमाथि थप अनुसन्धान गर्न समितिले न्याय मन्त्रालयलाई आग्रह गरेको छ ।

ट्रम्पले भने सदनका सांसदहरूले आफूलाई फेरि ह्वाइट हाउसको लागि उम्मेदवार हुनबाट रोक्नको प्रयासको रूपमा आफूविरुद्ध ‘नक्कली आरोप’  लगाएको दाबी गरेका छन् ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ८ : ५२ बजे

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै