प्रचण्डलाई भट्टराई दम्पतीको बधाइ « Khabarhub

प्रचण्डलाई भट्टराई दम्पतीको बधाइ


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई दम्पतीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटारै पुगेर बधाई दिएका छन्।

आज बिहान प्रचण्डलाई बधाइ दिन उनको निवास खुमलटार पुगेका भट्टराईले भेटपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत सहकार्यको अपिल पनि गरेका छन्। उनले लेखेका छन्, ‘क. प्रचण्ड तेस्रो कार्यकालका निम्ति देशको प्रधानमन्त्री बन्नु भएकोमा हार्दिक बधाई तथा पूर्ण सफलताको शुभकामना । क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धिहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौँ।’

हालै सम्पन्न निर्वाचनमा भट्टराई नेतृत्वको समाजवादी र माओवादी केन्द्रले चुनावी तालमेल गरेको थियो।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : ५० बजे

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै