सुन र नगदसहित डिएसपी केसी प्रहरी नियन्त्रणमा | Khabarhub Khabarhub

सुन र नगदसहित डिएसपी केसी प्रहरी नियन्त्रणमा


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बुटवल – इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी)ठगबहादुर केसी प्रहरीकै अनुसन्धान टोलीको फन्दामा परेका छन्।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौँबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको बुझिएको छ। तर, घटना गुपचुप राखिएको छ।

सुनको कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले आइतबार साँझ निवासमा खानतलासी गर्दा लाखौं नगदसमेत फेला पारेको इलाका प्रहरी कार्यालय स्रोतले बताएको छ।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो।

आइतबार साँझ बुटवल आएको प्रहरी टोलीले केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद गरेको प्रहरी स्रोतले बताएको छ। केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेका थिए। आइतबार व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको हो।

यसअघि नै इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी रहेकोमा काठमाडौँबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएर रमाना लिन रोक लगाएको छ।

केसी करिब १३ महिनाअघि बुटवल आएका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले यसबारे आफूले पनि थाह पाएको तर आधिकारीता बारे बुझ्न अनुसन्धान टोलीलाई भेट्न जान लागेको बताए। ‘म अनुसन्धान टोलीलाई भेट्दैछु, त्यसपछि आधिकारिक कुरा के हो बताउँला,’ रेग्मीले भने।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रवक्ता प्रहरी उपरीक्षक कमल थापाले प्रहरी प्रधान कार्यालयको निर्देशनमा केसीमाथि एक्सन लिइएको बताए। ‘यो प्रहरी प्रधान कार्यालयबाट भएको काम हो, जिल्लामा सिआईबीले सघाएको होला,’ थापाले भने।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ११ : ४१ बजे

आजका समाचार : गृहमन्त्रीका सय दिने उपलब्धि सार्वजनिक, गण्डकीमा ‘फ्लोर क्रस’ले गयो देवकोटाको पद

दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयन हुँदैछ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल

चोरीको सामानसहित एक जना पक्राउ 

काठमाडौं– चोरीको सामानसहित एक जना पक्राउ परेका छन् । पक्राउ

एकीकृत समाजवादी गण्डकीमा सबैभन्दा कमजोर, मनाङमा ५ जना मात्रै पार्टी सदस्य

काठमाडौं- सत्ता साझेदार नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनमा १८ सय

के अब गठबन्धन नगरी चुनावमा जान तयार भएका हुन् कांग्रेस र एमाले ?

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेलगायत ठूला दलका नेताहरु प्रायः

‘ठूलो वर्षा भएमा मेलम्चीको खानेपानी बन्द गरिने’

काठमाडौं– मनसुन सुरु भएसँगै ठूलो वर्षा भएमा सरकारले मेलम्ची खानेपानी