उपप्रधानमन्त्री र गृहमन्त्रीमा रवि लामिछानेको दाबी | Khabarhub Khabarhub

उपप्रधानमन्त्री र गृहमन्त्रीमा रवि लामिछानेको दाबी


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा दाबी गरेका छन् । आज बसेको सत्तारुढ गठबन्धनको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले मन्त्रालयको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको बताए ।

राज्य सञ्चालनका लागि तत्काल सानो चुस्त मन्त्रालय बनाइने तर मन्त्रालयको भागबन्डाबारे निर्णय नभएको उनको भनाइ छ ।

उनले आफूले गरेको दावीबारे निर्णय लिने अधिकार प्रधानमन्त्रीसँग रहेको उनले बताएका छन् ।

उनका अनुसार रास्वपाले भ्रष्टाचारको मुद्दा हेर्न अधिकार सम्पन्न संयन्त्र बनाउने, शिक्षा र स्वास्थ्यमा साझा विधेयक ल्याउने, विदेशमा रहेका नेपालीहरुलाई भोटिङ राइट दिनेलगायतका  विशेष कार्यक्रम बनाउनुपर्ने शर्त पनि राखेको छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  २ : ४६ बजे

एसीसी यु-१६ सेमिफाइनलः मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा