प्रधानमन्त्री दाहालद्वारा पुष्पलालप्रति श्रद्धाञ्जली | Khabarhub Khabarhub

प्रधानमन्त्री दाहालद्वारा पुष्पलालप्रति श्रद्धाञ्जली


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुष्पलाल स्मृति पार्कमा नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै प्रधानमन्त्री दाहाल लैनचौरस्थित शहीद स्मृति स्मारकमा पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसलगत्तै प्रधानमन्त्री दाहाल कीर्तिपुर पुगेका हुन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा पार्क निर्माण गरिएको छ । पार्कभित्र उनको सालिकमा प्रधानमन्त्रीले माल्यार्पण गरे ।

यस्तै, प्रधानमन्त्री दाहालले नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गर्नुभएको छ । माओवादीले जनयुद्ध तथा जनआन्दोलनका क्रममा शहादत प्राप्त गरेका एवं बेपत्ता भएका योद्धाको स्मृतिमा स्तम्भ निर्माण गरेको छ । 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ७ : ५४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’