चार खेलाडीमा संक्रमण देखिए खेल स्थगित ! « Khabarhub

चार खेलाडीमा संक्रमण देखिए खेल स्थगित !


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण तीव्र बने पनि खेलकुद क्षेत्र चलायमान छ। तर, खेलाडीमा संक्रमण देखिएपछि कतिपय क्लबले पुरै खेल गुमाउनुपर्ने बाध्यता छ।

इंग्लिस प्रिमियर लिग फुटबलमा भने चार खेलाडीमा कोरोना संक्रमण देखिएमा क्लबले खेल स्थगितको लागि निवेदन दिन पाउने भएको छ।

बुधबार कोभिडको नयाँ प्रोटोकल सार्वजनिक गर्दै प्रिमियर लिगले चार खेलाडीमा कोभिड देखिए खेल स्थगितको निवेदन दिन सक्ने मापदण्ड बनाएको हो।

लिगले यो नियम फेब्रुअरी ५ बाट लागु हुनेछ। खेलाडीमा संक्रमण पुष्टि भएको निवेदन अनुसार प्रिमियर लिगले खेल स्थगित गर्ने सम्बन्धमा निर्णय गर्नेछ।

खेलाडीमा संक्रमण हुँदा खेल प्रभावित हुनेक्रम बढेपछि लिगले यस्तो स्वास्थ्य मापदण्ड ल्याएको हो।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ५ : ४५ बजे

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता ६ जनामध्ये एक जनाको शव भेटियो

काठमाडौँ – बर्दिया राष्ट्रिय निकुञ्ज सिकार खेल्न गएका ६ जनामध्ये

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका युवकको शव भेटियो

बर्दिया – दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित