माओवादी केन्द्र उदयपुरमा जिम्मेवारी बाँडफाँट « Khabarhub

माओवादी केन्द्र उदयपुरमा जिम्मेवारी बाँडफाँट


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – नेकपा (माओवादी केन्द्र) उदयपुरमा जिम्मेवारी बाँटफाँट भएको छ । पार्टीको प्रदेश १ कमिटी बैठकले नेताहरुको पदीय जिम्मेवारी तोक्दै कार्यविभाजन गरेको हो ।

पार्टीले मोहन खत्री (दिपक) लाई प्रदेश विभाग वा जनवर्गीय संगठन-मोर्चा मध्ये कुनै एउटामा ईन्चार्ज तोक्ने निर्णय गरेको छ । भीम अधिकारी (अनिल), राजन किराती (बासु) र केपी बराललाई जिल्ला सहईन्चार्जको जिम्मेवारी सुम्पेको छ । जिल्ला समन्वय संयोजकमा विनोद कटुवाललाई जिम्मेवारी दिइँदा सचिवमा किरण राई चयन भएका छन् ।

संघीय निर्वाचन क्षेत्र १ को इन्चार्जमा द्रोण पौडेल (निरज) तोकिएका छन् भने २ को इन्चार्ज नारायण बुर्जा मगर भएका छन् । अमृता राई खत्री र दिलकुमारी मगर अधिकारी संघीय निर्वाचन क्षेत्र १ सहइन्चार्ज तोकिँदा २ को सहइन्चार्जमा भेषकुमारी राउत (कोपिला) र काजीमान तामाङ (जिज्ञासा) तोकिएका छन् ।

प्रदेश निर्वाचन क्षेत्रतर्फ १ (क) को इन्चार्ज रमण भट्टराई तोकिँदा (ख) को इन्चार्ज सम्झना तामाङ (योद्धा) भएकी छन् । एवीराज राई प्रदेश २ (क) को इन्चार्ज तोकिँदा २ (ख) को ईन्चार्ज भगवति खनाल (निशा) भएकी छन् । प्रदेश २ (क) को सहईन्चार्ज निर्मला मगरले पाएकी छन् भने (ख) को सहईन्चार्ज पद खाली राखिएको छ ।

त्रियुगा नगर कमिटी ईन्चार्जमा बिमल राई तोकिएका छन् भने सहइन्चार्ज हुनेमा त्रियुगा नगरपालिकामा रुद्र अधिकारी, केदार दनुवार र पदम दाहाललाई जिम्मा दिइएको छ ।

कटारी नगर ईन्चार्ज हेम दाहालले पाएका छन् भने सहइन्चार्ज तोक्न बाँकी छ । चौडण्डीगढी नगर इन्चार्ज सन्तोष सुवेदी (बलिदान) र सहइन्चार्ज देवनारायण चौधरीलाई दिइएको छ । बेलका नगर ईन्चार्जको जिम्मेबारीमा राकेश किरातीलाई ल्याइएको छ भने सहइन्चार्जमा बुङासरी राई र पर्शुराम कठेतलाई तोकिएको छ ।

गाउँपालिकातर्फ ताप्ली गाउँपालिका ईन्चार्जमा ढुंगराज विक र सहईन्चार्ज प्रेम राई, लिम्चुङवुङ गाउँ ईन्चार्ज झनक विकलाई तोक्दा सहईन्चार्ज लिलाबहादुर परियार तोकिएका छन् ।

उदयपुरगढी गाउँ ईन्चार्जमा देव गिरी छानिँदा सहईन्चार्ज देवी राई तोकिएका छन् । प्रदेश कमिटीले जिम्मेवारी तोक्न बाँकी भुगोलमा छिट्टै तोकिने जनाएको छ ।

प्रदेश परिषद, जिल्ला समन्वय र प्रदेश विभागमा पनि केही संख्या मनोनयन गर्न बाँकी ठाउँमा छिट्टै पूर्ति हुने जनाइएको छ । प्रदेश परिषद्‌मा ५ जना, जिल्ला समन्वयमा १५ जना र प्रदेश विभागमा २५ जना नाम थप्न बाँकी छ । जेष्ठ कम्युनिष्ट मञ्च र सल्लाकार पनि थपघट हुने बताइएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ६ : ४७ बजे

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता ६ जनामध्ये एक जनाको शव भेटियो

काठमाडौँ – बर्दिया राष्ट्रिय निकुञ्ज सिकार खेल्न गएका ६ जनामध्ये

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका युवकको शव भेटियो

बर्दिया – दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित